त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सास्ती
त्रिशूली अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । चिकित्सक अवाभका कारण सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि एक हप्ताभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । चिकित्सक नभएको कारण जिल्लाको प्रमुख सरकारी अस्पताल त्रिशूली अस्पतालमा प्रसुती सेवा एक हप्तादेखि बन्द भएको हो ।
प्रसुती सेवा विभागमा कार्यरत चिकित्सकको सरुवा भएको र अस्पतालमा अन्य प्रसुती विशेषज्ञ चिकित्सक नभएको कारण प्रसुती सेवा बन्द गर्न बाध्य भएको अस्पतालका मेडिकल प्रमुख डा. प्रतीक सिंहले बताउनु भयो । गत साउन ३० गतेबाट बन्द गरिएको प्रसुती सेवा चिकित्सक अभावमा सञ्चालनमा ल्याउन नसकिएको र कहिलेबाट सेवा सुरु हुन्छ भन्ने एकिन नभएको डा. सिंहले बताउनु भयो ।
'कार्यरत चिकित्सकको सरुवा भएपछि अर्को चिकित्सक पठाइदिनु पर्यो भनेर हामी मन्त्रालय धाइरहेका छौँ । डाक्टर नलिई नजाने भनेर प्रदेश स्वास्थ्य मन्त्रालय आएका छौँ', डा. सिंहले भन्नुभयो । अस्पतालले आफ्नै स्रोतमा प्रसुती तथा स्त्रीरोग विज्ञ चिकित्सक नियुक्त गर्न विज्ञापन गरेपनि कसैको दरखास्त नपरेको कारण प्रसुती विशेषज्ञ चिकित्सक अभाव भएको अस्पतालले जनाएको छ ।
मासिक ३० देखि ३५ जनाले प्रसुती हुँदै आएको अस्पतालमा चिकित्सक अभावमा सेवा बन्द भएपछि सेवाग्राहीहरू प्रसुतीको लागि राजधानी धाउन बाध्य भएका छन् । त्रिशूली अस्पतालमा नुवाकोटसहित धादिङको उत्तरी क्षेत्र र रसुवा जिल्लाका समेत सेवाग्राही सेवा लिन आउने गर्दछन् ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर, त्रिशूली अस्पतालमा भने स्वास्थ्य सेवा नलिई बिरामी फर्कनु पर्ने अवस्था छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…