त्रिविमा नेविसङ्घका दुई पक्षबीच झडप हुँदा एक जना घाइते
स्वतन्त्र विद्यार्थी युनियनको ०७९ चैत ५ गते हुन गइरहेको चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई समूहबीच फागुन १८ गते झडप भएको छ ।
झडपमा परी लमजुङ घर भई काठमाडौँ बस्दै आएका नेपाली कांग्रेसको संस्थापन इतर पक्षका ३९ वर्षीय शिव रिमाल घाइते भएका छन् ।
काठमाडौँमा फागुन १७ गते बसेको नेविसङ्घका संस्थापन इतर पक्षको बैठकले काठमाडौँ उपत्यकाभित्रका ३५ ओटा क्याम्पसमा स्ववियु निर्वाचन प्रयोजनका लागि सङ्गठन दर्ता लगायतका काम गर्न केन्द्रीय प्रतिनिधि खटाएको नेवि सङ्घका नेता राजकुमार उप्रेतीले बताउनु भयो ।
बैठकबाट निर्णय भए अनुसार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा उक्त समूहले प्रवीण कैनीलाई खटाइएको थियो । नेविसङ्घको संस्थापन पक्षले कैनीको समूहलाई विश्वविद्यालयमा प्रवेश गर्न रोक्न खोज्दा दुई पक्षबीच झपड भएको उप्रेतीले बताउनु भयो ।
झडपमा परी घाइते भएका रिमालको टाउकोमा चोट लागेको र बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको बयोधा अस्पतालको डा. रोहित कुमार झाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…