तेह्रथुमका तेह्र मतदान स्थल सम्वेदनशील
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति तेह्रथुमले जिल्लाका तेह्र मतदान स्थलहरू अति सम्वेदनशील मतदान स्थलको रूपमा सूचीकृत गरेको छ ।
लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका २/२ ओटा, मेन्छ्यायेम गाउँपालिकाका ३ वटा र फेदाप र आठराई गाउँपालिकाका ३/३ वटा मतदान स्थलहरू सम्वेदनशील र बाँकी ४४ मतदान केन्द्र सामान्य मानिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका ५७ स्थानमा ८५ ओटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा हुन सक्ने झडप, पार्टि पार्टी बिचको माहोल, सम्भावित अपराधिक क्रियाकलाप, मतदाता सङ्ख्या र विगतका निर्वाचनमा भएका घटनाको आधारमा मतदान स्थलहरूलाई सम्वेदनशील र सामान्य अवस्थामा वर्गीकरण गरिएको छ ।
सम्वेदनशील स्थानमा तीन देखि पाँच जनासम्म प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा ६० हजार ७ सय २१ जना मतदाता रहेका छन् ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…