तेस्रोलिङ्गी भुजेलको हत्या घटनामा संलग्न पाँच आराेपित प्रहरीद्वारा सार्वजनिक

०७६ माघ २१

हत्या भएको १८ दिनपछि मकवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न रहेकाे पाँचजना आराेपिलाई सार्वजनिक गरेको छ । प्रहरीले माघ २१ गते पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिका–११ की २९ वर्षीया अजिता भुजेलको हत्यामा संलग्न रहेको भन्दै पाँच जनालाई सार्वजनिक गरेको हो ।

IMG_8307

हत्या अभियोगमा प्रहरीले गिरफ्तार गरि हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४  का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ वर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसंग हेटौंडा–११ थानाभर्याङमा सातहजार रूपैयाँमा यौन सम्पर्क गरि विवाद भएपछि उनीहरूसहित चारजनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको प्रहरी उपरिक्षक सुशीलसिँह राठौरले बताउनुभयो ।

हत्यापछि अजिताको मोबाइल परियारले बुद्ध लामाको साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि मोबाइल लोकेशनको आधारमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट आराेपितलाई गिरफ्तार गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा अघि बढाएको जनाएको छ । माघ ४ गते राती अजिताको घाँटीमा तारले बेरिएको र अर्धनग्न अवस्थामा हेटौंडा -५ क्याम्पाडाँडामा शव परेको थियो ।


पुष्पराज अधिकारी