तेजाब प्रहार घटनाका आरोपित गिरफ्तार
सूर्यविनायक नगरपालिका–४ की ६० वर्षीया पूजा गुभाजुलाई एसिड प्रहार गरेको आरोपमा पति ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले ०७८ फागुन २२ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।
आफ्नै घरमा भएको झगडापछि पत्नी पूजालाई २२ गते साँझ घरमै हानिकारक रसायन प्रहार गरी घाइते बनाएको अनुसन्धनमा खुल्न आएको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी नरहरि रेग्मीले जानकारी दिनु भयो ।
डिएसपी रेग्मीले घाइते महिलाको ढाडमा जलेको र हतियार प्रयोग गरी काटिएको पाइएको जानकारी दिँदै आरोपित गुभाजुलाई काठमार्डौँबाट मध्यपुरथिमि प्रहरी वृत्तको टोलीले राती १० बजे गिरफ्तार गरी अनुसन्धान गरिरहेको जानकारी दिनु भयो ।
गम्भीर घाइते गुभाजुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…