तीन स्थानमा बम फेला, सेनाद्वारा निष्कृय

पुनर्वास नपा-४ र पुनर्वास नपा-६ मा असार १३ गते भेटिएका सकेट र प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले जानकारी दिए ।

यसैगरी कृष्णपुर नपा-२ मा भेटिएको प्रेसर कुकर बमलाई पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

बम राखिएका ठाउँहरू मतदान केन्द्रबाट केही टाढा रहेको र बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनायो ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा सम्वेदनशीलतालाई विश्लेषण गरी कडा सुरक्षा व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।


कोमलनिरन्जन भाट