तीन वर्ष देखि सञ्चालन हुन सकेन बेनी अस्पतालमा आइसीयु सेवा
म्याग्दीको बेनी अस्पतालमा जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका लागि आवश्यक पर्ने भ्यान्टीलेटर सहितको आइसीयु सेवा झण्डै तीन वर्ष देखि बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
२०७७ असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसीयु) जनशक्तिको अभावले गर्दा सञ्चालन हुन सकेको छैन । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाको एकमात्रै ५० शैय्याको बेनी अस्पतालमा दुई ओटा भेन्टिलेटरसहित पाँच शैय्याको आइसीयु कक्ष स्थापना गरिएकोमा आवश्यक जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
आइसीयु कक्ष स्थापना गरिएको भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पतालकी निमित्त मेडिकल सुपरीटेन्डेण्ट डा.अञ्जु थापाले बताउनुभयो । अस्पतालको आफ्नै भवन नहुनु, मापदण्ड पुग्ने कोठा नहुनुका साथै जनशक्ति अभाव पनि आइसीयु सञ्चालनमा नआउनुको कारण हो । डा.थापाले भन्नुभयो–‘कोभिडको बेलामा राखेको मैले सुनेको हो तर अहिले त्यसलाई प्रयोग गर्न सकिएको छैन, एउटा बेड मेडिकल वार्डमा ल्याएर प्रयोग गरेका छौं अरु त्यत्तिकै थन्केको छ ।’
अघिल्लो व्यवस्थापन समितिको समयमा सामाग्री आएको हो तर सञ्चालन भएको मलाई याद छैन अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भन्नुभयो । गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु कक्ष बनाउने प्रदेश सरकारको निर्णय बमोजिम म्याग्दीमा २०७७ असारमा दुई भेन्टिलेटर र पाँच शैय्याको आइसीयु मेशिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो ।
तत्कालिन अवस्थामा गण्डकी प्रदेश सरकारमार्फत १ करोड ७८ लाख रुपियाँ बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत १ करोड २५ लाख रुपियाँमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
आइसीयु कक्ष नियमित रुपमा सञ्चालन गर्नका लागि इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर सहित कम्तिमा ६ जना नियमित रुपमा आवश्यक पर्ने हुनाले पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा सञ्चालनमा समस्या हुने अध्यक्ष सुवेदीको भनाई छ ।
बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला बागलुङको पश्चिम भेक तथा मुस्ताङ एवम् पर्वतको जलजला गाउँपालिकाका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा आइसीयु सञ्चालन हुन नसक्दा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…