तीन वर्षअघि स्थापना भएको सर्पदंश उपचार केन्द्र सञ्चालन नहुँदा समस्या
जिल्लामा तीन वर्षअघि स्थापना भएको सर्पदंश उपचार केन्द्र सञ्चालन नहुँदा बिरामीहरूले समस्या झेल्दै आएका छन् ।
जलवायु परिवर्तन तथा विभिन्न कारणले तराईमा पाइने विषालु सर्पहरु पहाड तर्फ आउने गरेको भन्दै जिल्लामा सतर्कता सहित सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने गरी तीन वर्ष पहिले सर्वपक्षीय निर्णय गरी केन्द्र सञ्चालनका लागि स्वर्गद्वारी नगरपालिका— ९ मा स्थापना भएको थियो ।
लामाचौरका स्थानीयले पाँच आना जग्गा निःशुल्क स्वर्गद्धारी नगरपालिकालाई हस्तान्तरण गरी उक्त जग्गामा नगरपालिकाले आर्थिक वर्ष २०७८ । ०७९ मा भवन निर्माण गरेता पनि अहिले सम्म उक्त भवन प्रयोगविहीन अवस्थामा रहेको छ । भने सर्पदंशका बिरामीहरू उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।
केन्द्र सञ्चालनका लागि जिल्लाका नौ वटै स्थानिय तह तथा सरोकारवालाहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएको भएपनि अहिले पनि उपचार सेवा नहुँदा सर्पदंशको उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता यथावत छ ।
जिल्लामा ०८० असार महिनामा प्यूठान नपा—४ का १३ वर्षीय बालकको सर्पको टोकाईबाट मृत्यु भने असार महिनामा प्यूठान नपा— १ का दुई जना बालबालिकाको नेपालगञ्ज पुर्याएर उपचार गरिएको स्वास्थ्य कार्यालय प्युठानका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमिला खनालले बताउनु भयो ।
जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सकेमा बिरामीहरूले छिटो छरितो सेवा पाउने र उपचार खर्च पनि कमलाग्ने डा. खनालको भनाइँ रहेको छ ।
स्थापना गरिएको सर्पदंश उपचार केन्द्र सञ्चालनको प्रक्रियामा रहेको जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले बताउनु भयो । ‘केन्द्रमा बस्नका लागि तीन जना व्यक्ति तालिम लिन गएका छन्,’ उहाँले भन्नुभयो ।
सर्पदंश उपचार केन्द्र सञ्चालनमा नेपाली सेनाले पनि सहयोग गर्ने बचन दिएको प्रमुख जिसीले बताउनु भयो ।
सर्पले टोक्दा स्थानीय अहिले पनि उपचारका लागि धाँमी झाँक्रीकोमा जाने प्रचलन रहेको छ । जिल्लामै केन्द्र स्थापना हुँदा सर्पदंशको उपचारका लागि जिल्ला बाहिर जाने बाध्यता हट्ने गैर सरकारी संस्था महासंघ प्यूठानका सचिव जुमानसिंह केसीले बताउनु भयो । जिल्लामा केन्द्र सञ्चालन भएमा प्यूठान जिल्लासँगै छिमेकी जिल्ला रोल्पा, गुल्मी, अर्घाखाँचीका स्थानीयले समेत सुविधा पाउने केसीले बताउनु भयो ।
नेपाल संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको (१)मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएता पनि जिल्लामा सर्पदंश उपचार नहुँदा बिरामीहरू उपचारबाट वञ्चित हुदै आएका छन् ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…