तीन वर्षदेखि टहरामै पठनपाठन !
पहिरोले विद्यालयको भवन बगाएपछि मिक्वाखोला गाउँपालिका-३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तीन वर्षदेखि टहरामै बसेर पढ्न बाध्य भएका छन् ।
०७२ जेठ २७ गते पहिरोले भवन बगाए यता उक्त विद्यालयका १ सय २५ भन्दा बढी विद्यार्थी टहरामै पढ्न बाध्य भएका हुन् । २०६८ को भुकम्पले चर्काएका असुरक्षित भवन समेत विद्यार्थीको नियमित पढ्ने कक्षा कोठा बनाइएको छ ।
'न झ्याल न ढोका न कोठालाई छेक्ने बार नै छ । वरीपरी बारिएका बाँसका भाटा मकाएर भ्वाङ पर्न थालेको छ । हिउँदमा हिमालको मुटु काप्ने सिरेटो र धुलो । वर्षामा आकाशे पानी । हिलो र लेदो सिधै कोठाभित्र पस्छ । त्यसमाथि गाइवस्तुको मलमुत्रको दुर्गन्घ । कक्षाकोठामा बस्ने फर्निचर पनि पर्याप्त छैनन् ।'-विद्यालयको दृष्य कहालीलाग्दो छ ।
बस्ने डेक्स बेञ्च नै नभएपछि विद्यालय जान मन लाग्न छाडेको कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पासाङ शेर्पा बताउँछिन् । 'कक्षामा थोरै डेक्स बेञ्च छन् । त्यसमा पनि प्राय भाँच्चिएका छन् ।'-शेर्पा भन्छिन्-'त्यस्तैमा पालैपालो खाँदिएर बस्नुपर्छ ।'-कक्षा ४ का अमर लिम्बुले भने-'विद्यालयमा पढ्नभन्दा बढी सास्ती हुन्छ ।'
भौतिक पूर्वाधारकै अभावमा विद्यालयको नतिजा तीन वर्षयता खस्किँदै आएको छ । वडा अध्यक्ष दिपेन्द्र लिवाङका अनुसार विद्यायलको भवन निर्माणका लागि ५ लाख रुपियाँ विनियोजन गरिएको छ ।
ति बाहेक शिक्षा कार्यालयको सहयोगमा एउटा चार कोठे भवन निर्माणाधीन छ । पहिरोका कारण सामान ढुवानीमा समस्या हुँदा उक्त भवन समयमै निर्माण हुन सकेको छैन । पहिरो गएयता भवन निर्माण गरिदिन धेरै दाता गुहारेपनि कसैले चासो नदेखाएको निमित्त प्रअ बिकले बताए ।
जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले सो विद्यालयको भवन निर्माणका लागि पहल भइरहेको बताए ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…