तीन वर्षदेखि छात्रवृत्तिबाट वञ्चित
पञ्चदेवल विनायक नपा-४ कालिकास्थानमा अवस्थित ऋषिकुल माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तीन वर्षदेखि छात्रवृत्ति रकम नपाएको पाइएको छ ।
विद्यार्थीहरूले लामो समयसम्म छात्रवृत्ति नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दीसहित विनायक बजारमा नाराबाजीसमेत गरेका छन् ।
विनायक बजारका रमेश रावतले विद्यार्थीहरूलाई छात्रवृत्ति नदिएको, विद्यालयमा कामसमेत गराएको लगायका आरोप लगाएका छन् ।
तर, विद्यालयका प्रधानाध्यापक गणेश शाहीले २०७२ सालसम्मको विद्यालयको सार्वजनिक सुनुवाइ भइसकेको बताउँदै ०७३ को रकम विद्यालयको खातामा रहेको र चाँडै छात्रवृत्ति वितरण गरिने बताए ।
यस विषयका बारेमा जिल्ला शिक्षा अधिकारीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । विद्यार्थीहरूले इलाका प्रशासन कार्यालय विनायकमा ज्ञापनपत्र बुझाएका छन् । उक्त विद्यालयमा हाल २ सय २० जना विद्यार्थीहरू अध्ययनरत छन् ।
शिवराज ढुङ्गाना
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…