तीन महिनादेखि सडक अबरूद्ध भएपछि मुगुमा खाद्यान्न अभाव
जिल्ला सदरमुकाम गमगढी जोडने सडकखण्डमा लगातारको वर्षाले विभिन्न स्थानमा गएको पहिरोको कारण यातायात अबरूद्ध भएपछि जिल्लामा खाद्यान्न अभाव भएको छ ।
जेठको अन्तिम हप्तादेखि लगातार परेको वर्षाले गमगढी नाग्मा सडक खण्डको विभिन्न भागमा गएको पहिरोले सडक अबरुद्ध भएपछि व्यापारीले स्टोर गरेको खाद्यान्न सकिएको र खाद्य संस्थानमा गएको आर्थिक वर्षचार स्थानीय तहलाई निर्धारण गरेको कोटा सकिएपछि खाद्यान्न अभाव भएको हो ।
व्यापारीले जसोतसो गरी खाद्यान्न बजारमा पुर्याउन थालेका भएपनि दुई हप्तादेखि चरम खाद्यान्न अभाव खेपिरहेका उपभोक्ताहरू व्यापारीले ल्याएको खाद्यान्न आफ्नो घर लैजान तानातान् गर्न थालेका छन् ।
जिल्ला खाद्य संस्थानमा जिल्लाका चार स्थानीय तहलाई खाद्य संस्थान केन्द्रिय कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का १८ हजार क्वीन्टल खाद्यान्न निर्धारण गरेको भएपनि १५ हजार क्वीन्टल मात्र खाद्यान्न खाद्य संस्थानले आपूर्ति गरेको थियो ।
बाँकी ३ हजार क्वीन्टल खाद्यान्न आपूर्ति नगर्दा जिल्लामा खाद्यान्न अभाव भएका हो । बाँकी रहेको ३ हजार क्वीन्टल खाद्यान्न खाद्य संस्थान केन्द्रिय कार्यालयले आपूर्ति गरेको भए यस्तो समस्या नहुने खाद्य संस्थान मुगुका प्रमुख भरत खनियाले बताए ।
अहिले खाद्य संस्थानमा ३ सय २३ क्वीन्टल खाद्यान्न मात्र मौज्जाद छ । मौज्जाद रहेको खाद्यान्न प्रति ३० केजीको बोराको १ हजार ४ सय ४५ बाट १ हजार ९ सय रुपियाँ खाद्य संस्थान केन्द्रिय कार्यालयले निर्धारण गरेपछि सेवाग्राहीले महङ्गो भन्दै जापनिज चामल लिन मान्दैनन् । जिल्ला खाद्य व्यवस्थापन समितिले मूल्य घटाउन र आवश्यक खाद्यान्न आपूर्ति गर्न खाद्य संस्थान केन्द्रिय कार्यालयलाई जानकारी गराएको भएपनि खाद्यान्न आपूर्ति नहुँदा जिल्लामा खाद्यान्न अभाव भएको हो ।
वर्षातले सडक अबरूद्ध भएपछि खाद्यान्न र दैनिक उपभोग्य सामग्री बोकेर आएका गाडी बीच बाटोमै रोकिएपछि स्टोरमा राखिएका सबै खाद्यान्न सकिएको छ । भरिया र खच्चडमार्फत बोकाएर ल्याएको खाद्यान्न उपभोक्तालाई पुगेको छैन । दैनिक ५० क्विन्टल खाद्यान्न पसलबाट बिक्री हुने गरेको थियो । अहिले सडक अबरुद्ध हुँदा खच्चड र भरियाबाट ल्याएको १-२ सय बोरा खाद्यान्न उपभोक्ताले थाहा पाउन बित्तिकै आफ्नो घर लैजान तानतान् गर्छन् ।
खाद्य अभाव नहुँदा बजारमा उपभोक्ताले खोजे अनुसारको ३० केजी चामलको प्रति बोराको १ हजार ६ सय रुपियाँदेखि २ हजार रुपियाँमा किन्ने गरेका थिए । खाद्य अभाव भए यता बजारमा यो चामल १ हजार ८ सय रुपियाँदेखि २ हजार २ सय रुपियाँसम्ममा उपभोक्ताले तिर्ने गरेको र खाद्य संस्थानले पनि कमसल खालको चामल बजारको भन्दा चर्को मुल्यमा बिक्री गर्ने गरेकाले खाद्यान्न सहजै रूपमा नपाइएको गुनासो उपभोक्ताको छ ।
छायाँनाथ रारा नपा-१० का ६० वर्षीय कर्णसिंह बुढाले खाद्यान्न खोजीमा सदरमुकाम गमगढी आएको तीन दिनसम्म कतै खाद्यान्न किन्न नपाएपछि खाली हात घर फर्केको गुनासो गरे ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १५ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…