तीन महिनादेखि जिल्ला अस्पतालमा डक्टर नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल कालिकोटमा तीन महिनादेखि विशेषज्ञ डक्टर नहुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् ।
जिल्ला अस्पतालका प्रमुख डक्टर कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तीन महिना अघि अमानवीय व्यवहार गरेका थिए । असुरक्षाको कारण देखाउँदै पीडित डक्टर विभागमा काज बसेपछि तीन महिनादेखि जिल्ला अस्पताल डक्टरविहीन भएको हो । जिल्ला अस्पताल कालिकोटमा पाँच महिनादेखि शल्यक्रिया, एक्सरेलगायतका सेवा बन्द भएपछि सामान्य बिरामीहरू सुर्खेत र नपालगञ्ज जाने गरेका छन् ।
तीन जना डक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले एक जना पनि डक्टर छैनन् । सरकारी दरबन्दीका डक्टर नभएपनि निक साइमन नामक संस्थाबाट एक जनाले सेवा दिँदै आएका थिए । निक साइमनबाट सेवा दिँदै आएका डक्टरलाई अमानवीय व्यवहार भएपछि जिल्लाबाट सबै डक्टर अन्य जिल्लामा गएको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख कटक महतले बताए ।
जिल्ला अस्पतालमा तत्काल डक्टरको व्यवस्था गर्नुपर्ने, पाँच महिनादेखि बन्द रहेको शल्यक्रिया, एक्सरेलगायतका सेवाहरू तत्काल सुचारू गर्नुपर्ने, राज्यले निशुल्क दिने भनिएका औषधिहरू समेत बिरामीले नपाएको भन्दै औषधि आपूर्ति व्यवस्थित गरी निशुल्क पाउने औषधि निशुल्क उपलब्ध गराउनुपर्ने जिल्ला अस्पताल विकास समितिका अध्यक्ष कृष्ण सिंह बताउछन् ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा स्थापनाकालदेखि हालसम्म नवौँ तहको डक्टर कार्यालय प्रमुख रहने भएपनि आठौँ तहकाले कार्यालय प्रमुखको काम गर्दै आएका थिए । आठौँ तहकै एमबिबिएस डक्टर पनि नियमित नभएपछि स्थानीयले समस्या झेल्नुपरेको खाँडाचक्र नपा-४ का भक्त बिकले गुनासो गरे ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…