तीन महिनादेखि इलाका प्रशासन कार्यालय कर्मचारी विहीन, सेवाग्राही प्रभावित
जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन महिनादेखि कर्मचारीविहीन भएपछि सेवाग्राही प्रभावित भएका छन् ।
इलाका प्रशासन कार्यालयका कर्मचारी ०७३ पुस १४ गतेदेखि कार्यालयमा नहुँदा सोरू भेगका जिमा, फोतु, नार्थपु, भिई, धैनाकोट, कालै र रारा गाविसका सेवाग्राही नागरिकता बनाउन दुई दिनको पैदल बाटो हिडेर सदरमुकाम गमगढी जानुपर्ने बाध्यता रहेको जिमा गाविस-९ का रूपसिंह लुहारले गुनासो गरे ।
इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख एक, नायब सुब्बा दुई, एक/एक जना कम्प्यूटर अप्रेटर र सह लेखापाल, दुई जना कार्यालय सहयोगीसमेत सात जनाको दरबन्दी भएपनि कार्यालयमा दुईजना कार्यालय सहयोगी मात्र रहेका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीका अनुसार इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख पाल्पामा काज सरूवा भई गएका, एक जना सुब्बा केही महिना पहिले कार्य क्षेत्रमा जाँदै गर्दा बाटोमा लडेर घाइते भएपछि उपचार गराउन काठमाडौँ गएका र उतै काजमा बसेका छन् । नागरिकतामा सही गर्ने कार्यालय प्रमुख नभएका कारण अन्य तल्लो तहको कर्मचारीको काम नहुने भएपछि एक जना सुब्बा तथा कम्प्युटर अप्रेटर र सह लेखापाललाई पुस १४ गतेबाट जिल्लामा लगिएपछि इलाका प्रशासन कार्यालयमा कर्मचारीविहीन भएको हो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…