तीन दिनदेखि ओ नेगेटिभ ब्लड नभेटिएपछि सुत्केरीलाई जिल्ला बाहिर रिफर

  ०८० जेठ ८ गते

खार्पुनाथ गाउँपालिका–१ स्थित गोप्काकी १९ वर्षीया अस्मिता टमटालाई तीन दिनदेखि ओ नेगेटिभ ब्लड नभेटिएपछि जिल्ला बाहिर रिफर गरिएको छ । जेठ १ गतेदेखि घरमै सुत्केरी व्यथाले थला परेकी टमटालाई आफन्तले जेठ ३ गते जिल्ला अस्पताल हुम्लामा भर्ना गरेको भए पनि जिल्ला अस्पताल हुम्लामा पर्याप्त मात्रमा ब्लड र स्रोतसाधन नभएपछि जेठ ५ गते रिफर गरेको पति राजु कामीले गुनासो गर्नु भएको छ ।

उहाँका अनुसार घरमा हुँदै पेटमा बच्चाको मृत्यु भइसकेको रहेछ तर आफूलाई थाहा भएन । पत्नी दिनप्रतिदिन बिरामी हुँदै गएपछि जेठ ३ गते जिल्ला अस्पतालमा ब्लड नभेटिएपछि बच्चा निकाल्न समस्या आउने भएपछि हेलिकप्टरको पहल गर्न परेको कामीले बताउनु भयो ।

सुत्केरी महिलाई चाहिने ओ ब्लड नभेटिएपछि जिल्ला बाहिर रिफर गर्नु परेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनु भयो ।
ब्लडको समस्या विगत २०/२५ वर्षदेखि भएको र यसका समधानका लागि नेपाल रेडक्रस हुम्ला शाखालाई ब्लड बैँकको स्थापना गर्न अनुरोध गरेको भए पनि समधान हुन नसकेकाे निमित्त कार्यालय प्रमुख बोहराले बताउनु भयो ।

हेलिकप्टरमार्फत बिरामी महिलाको  जेठ ५ गते नै जिल्ला बाहिर उद्धार गरिएको निमित्त प्रमुख बोहराले भएको छ । जिल्ला अस्पतालमात पर्याप्त औषधि र उपकरण हँदैन भने गाउँका स्वास्थ्य संस्थामा झन हुने कुरै छैन पति कामीको भनाइ छ ।

जिल्ला अस्पतालमा पर्याप्त स्रोत साधन नभएपछि सुत्केरी व्यथाबाट पीडित महिलालाई जिल्ला प्रशासन कार्यालयले महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्रालय काठमाण्डौंमा पत्राचार गरेपछि टमटाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत थप उपचारका लागि नेपाली सेनाको  हेलिकप्टरबाट सुर्खेत पुर्याएर उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनु भएको छ ।


नन्द सिंह