तीन जना स्वास्थ्यकर्मीमाथि हातपात तथा दुर्व्यवहार

  ०७८ असोज २२ गते

पुचौँडी नगरपालिका–१ स्थित पुचौँडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य चौकी इन्चार्ज हेल्थ असिस्टेन्ट ३० वर्षीय दिपेन्द्र धामी, सोही स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया अनमी रतना भण्डारी धामी र २७ वर्षीया अनमी ताराकुमारी साउदलाई  आसोज २१ गते साँझ पुचौँडी नगरपालिका–१ का ३५ वर्षीय सुरेन्द्र धनुषेले हातपात तथा दुर्व्यवहार गरेका छन् ।

कोभिड–१९ को खोप आफूलाई नलागएको भन्दै स्वास्थ्य चौकी मै आएर आफूहरुमाथि हातपात तथा गालिगलौज गरी दुर्व्यहार गरेको स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र धामीले बताउनु भयो ।

आरोपित धनुषेको आक्रमणबाट अनमी रतना भण्डारीको सरीरको लुगा समेत च्यातिएको भएपनि प्रहरीले चासो नदेखाएको स्वास्थ्य चौकी इन्चार्ज धामीको आरोप छ ।

घटना लगत्तै असोज २१ गते साँझ पुरघाट प्रहरी चौकीमा अरोपितविरुद्ध लिखित निवेदन दिएको भएपनि प्रहरीले कुनै वास्ता नगरेको पीडितपक्षको आरोप छ ।

पीडितपक्षले दिएको निवेदनका आधारमा घटनाको अनुसन्धान तथा आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बोधराज ओझाले बताउनु भयो ।


नरी बडु