तीनै तहको निर्वाचन घोषणाको माग गर्दै धर्ना

नेपालको संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन घोषणाको माग गर्दै जिल्लामा क्रियाशील मानव अधिकारकर्मी र मानव अधिकार प्रवर्धन समितिले फागुन ८ गते एक घण्टा धर्ना दिएका छन् ।

Photo20170220Gulmi

गुल्मी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक समाज तथा प्रवर्धन समितिमा आवद्ध विभिन्न व्यक्तिहरूको सहभागितामा तम्घासको लाँकुरीमञ्चमा धर्ना दिइएको हो ।

उनीहरूले लामो समयदेखि स्थानीय निकायको चुनाव नहुँदा विकास नभएको साथै जवाफदेहिता र पार्दशिता हराएर गएको भन्दै अबिलम्ब चुनावको माग गरेका थिए ।

सरकार निर्वाचन गराउने कुरामा अलमलिइरहेका बेला मानव अधिकारकर्मीहरूले स्थानीय निकायको शुन्यता हटाउन तथा सङ्गीयता कार्यान्वयन र नयाँ प्रतिनिधि सभाको निर्वाचनको माग गर्दै धर्नामा बसेका हुन ।

०७४ माघ ७ गतेसम्म तीन वटै तहको निर्वाचन गरिसक्नु पर्ने संविधानमै व्यावस्था रहेकोले त्यसको कार्यान्वयनको लागि तत्काल निर्वाचनको मिति घोषणा गर्नु पर्नेमा अधिकारकर्मीहरूको जोड रहेको छ ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार निर्वाचनका लागि नागरिक खवरदारी अभियानले प्रजातन्त्र दिवसको अवसर पारी प्रमुख जिल्ला अधिकारीमार्फ प्रधान मन्त्रीको कार्यालयमा फागुन ८ गते ज्ञापन पत्र बुझाइएको छ ।

संविधानको कार्यान्वयनः आवधिक निर्वाचन, निर्वाचनका लागि नागरिक दवाव अभियान भन्ने मुल नाराका साथ एक ज्ञापन पत्र प्रधान मन्त्री कार्यालयमा पठाइएको हो ।


टोपलाल अर्याल