'तिहार आउनै लाग्यो चामल आएन'
नेपाल खाद्य संस्थानबाट सहुलियत दरमा वितरण हुने चामल नयाँ आर्थिक वर्षसुरू भएको चार महिना बितिसक्दा पनि ढुवानीको जिम्मा लिएका ठेकेदारका कारण गाउँमा चामल नआएको स्थानीयले बताएका छन् ।
जिल्ला खाद्य संस्थान अर्न्तगतका जिल्लाका तीन र हुम्ला जिल्लाको एक डिपोमा मुगुबाटै ढुवानी हुने भए पनि ग्रामीण भेगका खाद्य डिपोमा चामल ढुवानी गर्ने ठेकेदारले ढुवानी नगर्दा ग्रामीण भेगका र्सवसाधरणले चामल नपाएको बताएका हुन् ।
यो आर्थिक वर्षकाे चार महिना बितिसक्दा पनि आफनो गाउँ नजिकको डिपोबाट चामल पाउन नसकेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरू भेगको जिमा गाविसका स्थानीयवासी राजेन्द्र शाहीले बताएका हुन् ।
नेपाल खाद्य संस्थान मुगु शाखाबाट पुलु डिपोका लागि १ हजार ५ सय क्वीण्टल, सोरूकोट डिपोका लागि खाद्य संस्थान सुर्खेतदेखि १ हजार ५ सय र मुगु शाखाबाट ५ सय गरी २ हजार क्वीण्टल , श्रीकोट डिपोका लागि १ हजार ५ सय तथा हुम्ला जिल्लाको सर्केगाड डिपोको लागि १ हजार क्वीण्टल चामल यो आर्थिक वर्षा नेपाल सरकारबाट सहुलियत दरमा चामल वितरण गर्ने गरी कोटा निर्धारण गरिएको नेपाल खाद्य संस्थान मुगु शाखाले जनाएको छ ।
चामल ढुवानीको जिम्मा लिएका ठेकेदार पक्षले ढुवानी नगर्दा अहिलेसम्म एक केजी पनि चामल सम्बन्धित डिपोमा ढुवानी नभएको, तत्काल ढुवानी गर्न आफूले लिखित पत्रमार्फ ढुवानीका लागि ठेकेदार पक्षलाई निर्देशन गरिसकेको खाद्य संस्थानका प्रमुख गङ्गाप्रसाद शाहले जानकारी दिए ।
सोरूकोट डिपोका लागि हिमाल निर्माण सेवा सुर्खेत र पुलु डिपोका लागि ऋणमोक्ष सप्लार्यस मुगु, श्रीकोट र हुम्लाको र्सर्केगाड डिपोका लागि अरू दुई सप्लायर्ससँग ढुवानीका लागि सम्झौता भएको भए पनि अहिलेसम्म कुनै पनि डिपोमा चामल ढुवानी हुन नसक्दा ग्रामीण भेगका र्सवसाधरण चामल लिन दुई दिन पैदल हिँडेर सदरमुकाम गमगढी आउन बाध्य हुनु परेको स्थानीयले बताएका छन् ।
दसैँको बेलासमेत नेपाल खाद्य संस्थानबाट उपलब्ध हुने चामल गाउँमा नपुगेपछि दसैँ पनि खल्लो बनेको ग्रामीण क्षेत्रका स्थानीयबासीले दुखेसो गरेका छन् ।
खेतमा लगाएको धानबाली पाकिनसकेको र नेपाल खाद्य संस्थानको चामल पनि ठेकेदारले समयमा नै ढुवानी नगरेपछि दसैँका लागि चामल जोहो गर्न सदरमुकाम गमगढी, बाजुराको कोल्टी र जुम्लाको गोठिज्युला पुग्नु परेको खत्याड भेग स्थित श्रीकोट गाविसका स्थानीयबासी सर्जननबहादुर शाहीले बताए ।
नजिकैको डिपोमा चामल नपुगेपछि दुई दिन हिडेर चामल लिन सदरमुकाम पुग्नु पर्ने डोल्फुका टासी छिरिङ् लामाले बताए । आफ्नो गाँउबाट पुलु डिपो पुग्न एक दिन लाग्छ तर पुलु डिपोमा ठेकेदारले चामल ढुवानी नगर्दा दुई दिन लगाएर सदरमुकाम गमगढी चामल लिन पुग्न बाध्य भएको लामाको भनाइ छ ।
सम्झौता अनुसार ठेकदारलाई ढुवानी गर्न बेलाबेला खाद्य संस्थानबाट ताकेता गरेको भएपनि अहिले सम्झौता अनुसारको रकममा आफुहरू ढुवानी गर्न नसक्ने, अन्य ढुवानीका साधनको अभाव देखाइ ठेकेदार पक्षले ढुवानी नगर्दा जिल्लाका पुलु डिपो अर्न्तर्गतका मुगु, डोल्फु, किम्रि, पुलु, माँग्री, सोरूकोट डिपोका भिई, नार्थपु, जिमा, फोतु, काँलै, धैनाकोट, रारा श्रीकोट डिपो अर्न्तगतका सेरी, श्रीकोट, खमाले गम्था, कोटडाँडा, सुकाढिक, हृयाङ्गलु र हुम्ला जिल्लाको र्सर्केगाड डिपो भित्र पर्ने रोडिकोट, दार्म, कालिका, जैर, मैला, मदनालगायतका एक दर्जन बढी गाविसका र्सवसाधरणले ठेकेदारकै कारण दसैँ र तिहारमा समेत सरकारबाट सहुलियत दरमा वितरण हुने चामल पाउन सकेका छैनन् ।
खाद्य संस्थानका अनुसार डिपोमा चमालको मौज्दात शुन्य रहेको भए पनि खाद्य संस्थानको सदरमुकाममा रहेको वितरण केन्द्रमा भने पर्याप्त मात्रामा खाद्यन्न मौज्दात रहेको छ । सम्बन्धित डिपोमा खाद्यन्न पठाउन जतिबेला पनि सकिने भएपनि ठेकदारहरूले ढुवानी नगर्दा ग्रामीण भेगका डिपोमा चामल पुग्न नसकेको बताइएको छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…