तिवारी हत्याको विरोधमा गरिएको बन्दले जनजीवन प्रभावित
युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी बन्दका कारण पुस ५ गते यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सङ्गठनकै कामको सिलसिलामा सिङ्गाहा जाँदै गरेका तिवारीसँगै खुशी न्यौपाने पनि तिवारीले चलाएको मोटरसाइकलमा पछाडि बसेका थिए । न्यौपानेका अनुसार तिवारीलाई गोली हानेपछि १० मिटर पर पुगेर तोरी बारीमा पल्टिएको थियो । भुँइमा लड्दा तिवारी बेहोस अवस्थामा थिए । सँगै बसेका न्यौपानेले हार गुहार गरेपछि यताउताबाट आएका मानिसहरूको सहयोगमा उनलाई अस्पताल लगिएको थियो ।
खैरेनी प्रहरी चौकीबाट ६ सय मिटरको दुरीमा दिन दहाडै गोली चल्दासमेत प्रहरी बेखबर भएकोमा स्थानीयहरूले चिन्ता व्यक्त गरे । हत्याराले यत्रो हत्या गरेर फोन गरी धम्क्याउँदा पनि प्रहरीले हत्यारालाई गिरफ्तार गर्न नसक्नुले सर्वसाधारणमा थप त्रास फैलिएको आन्दोलनकारीले बताएका छन् ।
बन्दका कारण पुस ५ गते पनि रुपन्देहीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधनहरू चल्न सकेनन् भने उद्योगधन्दा कलकारखाना, शिक्षण संस्थाहरूसमेत पूर्ण रूपमा ठप्प रहे ।
गोली प्रहार गरेर छोराको हत्या भएको खबर सुनेपछि तिवारीकी ७९ वर्षीया आमा देउरुपा तिवारी अझै पनि अचेत अवस्थामा रहेकी छन् । मृतककी पत्नी रेनुका तिवारी पनि पतिको हत्याको खबरले अचेत अवस्थामा रहेकी छन् । मृतक तिवारीका दुई छोरीहरू ६ वर्षीया ऋतिका र ४ वर्षीया दिपीका बावुको मृत्युबारे बेखबर छन् ।
प्रहरीले अनुसन्धानका क्रममा एक मोटरसाइकल बरामद गरेको जनाएको छ । रुपन्देहीको मणिग्राम स्थित कान्छी बजारमा बेवारिसे अवस्थामा राखिएको १ सय ५० सिसीको रातो पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बा ५१ प ८०७३ नं को पल्सर बाइक बरामद गरेको बताए ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार १९ दिनदेखिको जिल्ला बन्द फिर्ता भएकै दिन तिवारीको हत्या भएपछि पुनः आह्वान गरिएको बन्दले गुल्मीबासीको जनजीवन पुनः प्रभावित बनेको छ । बन्दका कारण गुल्मीमा यातायात, शैक्षिक संस्था र बजार पूर्ण रूपमा ठप्प भएका छन् ।
इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार तिवारी हत्याको विरोधमा आह्वान गरिएको बन्दले अर्घाखाँचीको जनजीवन पनि प्रभावित बनेको छ । बन्दका कारण जिल्लाको यातायात, शैक्षिक क्षेत्र र बजार ठप्प रहेका छन् ।
जिल्ला बन्दका क्रममा मानवीय र भौतिक क्षति नभएको प्रहरीले बताएपनि बन्दकर्ताले बन्द अवज्ञा गरेको भन्दै पाँच ओटा मोटरसाइकल नियन्त्रणमा लिएर साँझ ५ बजेपछि सवारीधनीलाई फिर्ता गरेको जानकारी दिएका छन् ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार अनिश्चितकालीन लुम्विनी बन्दका कारण कपिलवस्तुमा बिहानैदेखि यातायात उद्योगधन्दा, कलकारखाना बजार, शैक्षिक संस्था सबै बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।
पूर्व पश्चिम राजमार्गको चन्द्रौटा, इमिलिया, बुड्ढी, गोरुसिङ्गे, वनगाईलगायतका स्थानमा बन्दकर्ताले सडकमा नाराबाजी गर्दै टायर बालेर सडक अवरुद्ध पारेका थिए । बन्दका क्रममा कुनै किसिमको क्षती भने नभएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार तिवारी हत्याको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आह्वान गरिएको बन्दको प्रभाव पाल्पामा पनि पूर्ण रूपमा परेको छ । बन्दका कारण सार्वजनिक सवारीका साधन चलेनन् । विद्यालय तथा कलकारखाना समेत ठप्प भए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…