तिवारी र पौडेल हत्या काण्डका आरोपित दुई जना 'इन्काउण्टर'मा मारिएको प्रहरीको दावी
युवा सङ्घ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेलको हत्या घटनाका मुख्य आरोपित देवदह नपा-५ का २९ वर्षीय मनोज पुन फागुन ९ गते बिहान साढे तीन बजे प्रहरीको 'इन्काउन्टर'मा मारिएको प्रहरीले दावी गरेको छ ।
मनोजसँगै उनका साथी सोम आले पनि मारिएको प्रहरीले जनायो । प्रहरीका अनुसार सोम आले मनोज पुनका सहयोगी हुन् । मृतक पुन देवदह नपा-५ का बासिन्दा हुन् भने अन्दाजी ३६ वर्षका सोम आलेको स्थायी बसोबास नखुलेको र हाल भैरहवाको कारागार नजिकै बस्दै आएको प्रहरीले जनाएको छ ।
गत वर्षको फागुन ४ गते दुर्गा तिवारी हत्या काण्डपछि प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेका पुनलाई प्रहरीले विभिन्न माध्यमबाट खोजी गरिरहेको जनाइएको थियो । ०७४ पुस २१ गते देवदहकै बसन्त पौडेल बलुको हत्या भएपछि प्रहरीले पुनको खोजीमा अझ बढी सक्रियता रहेको जनाएको थियो ।
अनुसन्धानको क्रममा फागुन ८ गते मनोज पुन बुढा नेपाल आएर अर्को घटना घटाउँदै छन् भन्ने सूचनाका आधारमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सीआबी) को संयुक्त टोलीले मनोजको खोजी गरिरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले फागुन ९ गते बिहान साढे ३ बजे देवदह नपा-४ भवानीपुरमा प्रहरीसँग मृतकद्वयको जम्काभेट भएको र गिरफ्तार गर्न खोज्दा गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा मारिएको बताए ।
प्रहरीले मनोज पुनलाई १२ राउण्ड र सोम आलेलाई १० राउण्ड गोली प्रहार गरेको जनाएको छ । घटनास्थलबाट प्रहरीले एक थान डेल ल्यापटप, मेड इन इण्डिया लेखेको पेस्तोल, २ थान मोबाइल र एक थान डायरी बरामद गरेको एसपी ज्ञवालीले बताए ।
प्रहरीले गोली लागेर ढलेका पुन र आलेलाई बिहान साढे ४ बजे लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याए लगत्तै अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो । मृतकको शवलाई लुम्बिनी अञ्चल अस्पताल स्थित मुर्दाघरमा राखिएको छ ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…