तिवारीको स्वास्थ्य अवस्था जोखिमपूर्ण
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको स्वास्थ्यमा नकारात्मक र जोखिमपूर्ण परिवर्तन देखा पर्न थालेको चिकित्सकहरूले वताएका छन् ।
लामो अनसनका कारण गलेका तिवारीको छाती दुख्ने, जिउ र मांसपेशी बटारिने, रक्तचाप घटनेलगायतका समस्या दिनदिनै बढिरहेको जनाउँदै अस्पतालका अवकाशप्राप्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरलीप्रसाद सिंहले तिवारीलाई कुनै पनि बेला आकस्मिक चिकित्सकीय सेवा आवश्यक पर्ने बताए ।
तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपनि सरकारले चासो नलिएको विरोधमा आक्रोशित बनेका विद्यार्थीहरूले प्रदर्शनलाई निरन्तरता दिँदै मङ्सिर २४ गते पनि व्यानर, प्लेकार्डसहित नगर परिक्रमा गरेका छन् ।
प्रदर्शनकारी विद्यार्थीहरूले तिवारीले राखेका २६ बुँदे माग अस्पताल सुधारका लागि भएकाले सरकारले यथाशीघ्र माग सम्बोधन नगरे आन्दोलन सशक्त बनाउने चेतावनी दिए ।
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, थर्ड एलायन्सले तिवारीको जीवन रक्षा गरी सार्थक वार्ताबाट समस्याको समाधान गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरिसकेका छन् भने राष्ट्रपतिका स्वकीय सचिव जिवछ साहले स्वास्थ्यमन्त्री गगन थापालाई संवेदनशील भई सार्थक वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न ध्यानाकर्षण गराएका छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…