तामाकोशी गाउँपालिकामा तालाबन्दी, सेवा प्रभावित

तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान केन्द्रले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि  वडा नम्बर– ३ मा कार्यवाहक अध्यक्ष तोक्ने विषयमा विवाद हुँदा चैत १ गतेदेखि गाउँपालिकामा ताला बन्दी  गरेका कारण सेवा प्रभावित भएको छ ।

गाउँपालिकाका पूर्व उपाध्यक्ष उर्मिला केसी, बर्तमान वडा नं. ३ का अध्यक्ष रामप्रसाद काप्mले सहितका जनप्रतिनिधि र कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भए लगत्तै गाउँपालिकाको कामकाज ठप्प भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान केन्द्रलेले मुद्दा चलाएका तामाकोशी गाउँपालिका–३ अध्यक्ष रामप्रसाद काफ्ले पदवाट निलम्वन भएपछि सो स्थानमा कार्यवाहक वडा अध्यक्ष तोक्ने बिषयलाई लिएर युवा संघर्ष परिचालन समितिका नामबाट गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएको हो ।गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष निलम्वित भएपछि बाँकी रहेका ४ जना वडासदस्य मध्ये कसलाई कार्यावाहक दिने भन्ने बिषयमा विवाद सुरु भएको थियो ।

गाउँपालिकाको कार्यालयमा लगाइएको ताला प्रहरी प्रशासनले चैत ६ गते ताला फोडेर काम सरू गरेपनि चैत ९ गते नेपाली काङ्ग्रेस तामाकोशी गाउँपालिकाले विज्ञप्तिमार्फत प्रहरी प्रशासनले जबरजस्ती ताला फोडेको भन्दै बार्तामार्फत समस्या समाधान गर्नु पर्ने जनाएको छ ।

तालाबन्दीका कारण  निरबहादुर महत काठमाण्डौदेखि जग्गाको कर बुझाउन नपाएको बताउनु भयो । यसैगरी, सोही वडाका रामजी भण्डारीले एक सातादेखि विवाह दर्ता गराउन नपाएको आक्रोश व्यक्त गर्नु भयो ।

तामाकोशी गाउँपालिका–३ जफेको जामुनेमा ०७८ मा सभाहल तथा शौचालय निर्माणमा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति समेतको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै ०८० फागुन २७ गते अख्तियार दुरूपयोग अनुसन्धान केन्द्रले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।


उद्धव पोखरेल