तामाकोशी गाउँपालिकाबाट मतदाता परिचय पत्र लिएर फरार वडा अध्यक्ष गिरफ्तार
तामाकोशी गाउँपालिकास्थित भिरकोट मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएर फरार भएका सोही पालिका वडा नं. १ का वडा अध्यक्ष महेश काफ्लेलाई प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रबाट वैशाख २८ गते दिउँसो १ सय २५ जनाको मतदाता परिचयपत्र लिएर फरार भएका काफ्लेलाई भिरकोट आसपासमै लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा पौडेलले जानकारी दिनु भयो ।
काफ्लेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी काफ्लेले बताउनु भयो ।
उनीमाथि निर्वाचन कसुर सम्बन्धी सजाय ऐन २०७३ अनुसार कारबाही चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनसँग सम्बन्धीत विषय भएकाले अन्य कुनै कारबाही प्रक्रिया अघि बढाउने अधिकार प्रहरीलाई नभएको डिएसपी पौडेलले बताउनुभयो ।
उनीमाथि कस्तो कारवार्ही हुन्छ भन्ने विषयमा अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगसँग परामर्श गरिरहेको प्रहरीले जनाएको छ ।
काफ्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट तामाकोशी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी बाहालवाला जनप्रतिनिधि हुन् ।
यता नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले भने वडाध्यक्ष भएकाले आफूले वडाका सबैलाई चिन्ने भएकाले आफै वितरण गर्ने भन्दै उनले परिचयपत्र लिएको घटनालाई अतिरञ्जित बनाउन खोजिएको बताउनुभएको छ ।
वडा कार्यालयमा राखिएको सीसी क्यामेरा अफ गरेर उनले मतदाता परिचयपत्र लिएर फरार भएको स्थानीयको आरोप छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…