तातोपानीमा महिनावारी विभेदविरुद्ध कार्यविधि पारित
तातोपानी गाउँपालिका जुम्लाले महिनावारी विभेदविरुद्धको कार्यक्रम कार्यन्वयन कार्यविधि ०८१ पारित गरेको छ । पालिकाले गाउँ सभाको १६ औँ अधिवेशनमा महिनावारी विभेदविरुद्ध कार्यक्रम कार्यन्वयन कार्यविधि पारित भएको हो ।
उक्त गाउँपालिकाले बालबिवाह निरोत्साहित निर्देशिका २०८१ सहित नयाँ १५ ओटा र दुई ओटा संसोधनसहित कार्यविधि, निर्देशिका ऐन पारित गाउँपालिका गाउँपालिका अध्यक्ष नन्दबहादुर चौलागाइँले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतका अनुसार दैनिक कार्य सम्पादनलाई प्रभावकारी र सहज बनाउन १५ ओटा नयाँ कार्यविधि र ऐन पारित गरिएको छ । दुई ओटा कार्यविधि संशोधन गरेर पारित गरिएको छ ।
पारित भएका नीति मध्य बिमा सम्बन्धी कार्यविधी-२०८१, एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधी-२०८१, लोकसेवा आयोगको निशुल्क कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधी-२०८१, अटोरिक्सासम्बन्धी सञ्चालन तथा व्यवस्थापन ऐन-२०८१, तातोपानी गाउँपालिका व्यवसायिक पंक्षी फर्म तथा ह्याचरी सञ्चालन सम्बन्धी कार्यविधी-२०८१ पारित गरिएको छ ।
तातोपानी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी कार्यविधि-२०८१, तातोपानी गाउँपालिकाको नर्सरी सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८१, पोषणमैत्री वडा तथा पालिका घोषणा सम्बन्धी कार्यविधि–२०८१, ढुङ्गा गिट्टी बालुवा उत्खनन सम्बन्धी मापदण्ड-२०८१, घर नक्सा पास सम्बन्धी कार्यविधि-२०८० पारित गरिएको छ ।
तातोपानी धारा सञ्चालन तथा व्यवस्थापन कार्यविधी-२०७९ पहिलो संशोधन, कन्टीजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि–२०८१, बाल सहभागिता कार्यविधि-२०८१, बालबालिकामाथि हुने सबै प्रकारका हिंसा उजुरी सुनुवाई कार्यविधि–२०८१, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका-२०८१ पारित गरिएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…