ताँजाकोटमा ३० जना बालबालिकामा देखियो कुपोषण
ताँजाकोट गाउँपालिका–१ देखि ५ सम्मका वडा गरेर ३० जना बालबालिकालाई कडा खाले कुपोषण देखिएको छ । ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मङ्सिर पहिलो सातादेखि पुस २० गतेसम्म कुपोषण मुक्त पालिका बनाउन सुरु गरिएको अभियानमा कुपोषण देखा परेको गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनु भयो ।
अभियानका क्रममा वडा एक देखि पाँचसम्ममा ३० जना बालबालिकामा कडा खालको कुपोषण भएको भेटिएका छन् भने १ सय १५ जना मध्यम खालको कुपोषण भएका बालबालिका भेटिएको संयोजक ढकालले बताउनुभयो ।
गाउँपालिकामा कुपोषण अन्त्य अभियानका लागि प्रत्येक वडाका गाउँघरमा महिला स्वास्थ्य स्वयमं सेविका परिचालन गरिएको ढकालले बताउनुभयो । ६ महिनादेखि ६० महिनाका कुपोषीत बालबालिकाहरुको तथ्यांक लिनका लागि पाखुरामा मुआफ टेप प्रयोग गरी सोही अनुरुप कडा कुपोषित र मध्यम खालको भनेर मापन गरेर महिला स्वयम सेविकाले स्वास्थ्य संस्थामा पठाउने गरेको ढकालले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख ढकालले भन्नुभयो,“महिला स्वास्थ्य स्वयम सेविकाले चेकजाँच गरी स्वास्थ्य संस्थामा पठाएका बालबालिकालाई कडा कुपोषित भएकालाई ओटिसीमा भर्ना गरेर उपचार गरिन्छ ।” मध्यम कुपोषितलाई खानपान, सरसफाई सम्बन्धि सल्लाह दिएर आमा र बालबालिकालाई भेट्ने सुझाव दिएर घर पठाउने गरेको ढकालको भनाई छ ।” ओटिसीमा भर्ना गरेर लगातार तीन महिना सम्म पनि कुपोषित बालबालिकामा सुधार आएन भने पोषण पुनः स्थापना केन्द्र सुर्खेत वा नेपालगञ्जसँग समन्वय गरेर आमा र कुपोषित बालबालिकालाई त्यहाँ पठाउने छौं प्रमुख ढकालले भन्नुभयो ।” त्यहाँ पठाएर भर्ना भएपछि ६ महिनासम्म आमा र बच्चालाई खाना र बस्न निःशुल्क व्यवस्था रहेको छ ।
ताँजकोट गाउँपालिकाको स्वास्थ्य शाखामा उपचार हुन नसकेका दुई जना कुपोषित बालबालिकालाई थप उपचारका लागि पोषण पुनः स्थापना केन्द्र सुर्खेत पठाइएको उहाँले बताउनुभयो । ताँजकोट–४ का मनबहादुर बोगटीका १३ महिनाकी छोरी र वडा–५ का गोर शार्किको २१ महिनाको छोरा सुर्खेत पठाइएको छ ।
बालबालिकालाई मुख्य तया होचा, ख्याउटे र पुड्कोपन हुनबाट बचाउने उद्देश्यले कुपोषित बालबालिका अन्त्य अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।
छोरा छोरीमा गरिने विभेदका कारण उपचार नपाउँदा धेरै जसो बालिकाको ज्यान जोखिममा रहेको अध्यक्ष जैसीको भनाई छ । कुपोषित मध्ये पनि आधा भन्दा बढी बालिका रहेका छन् । घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको छ ।
गाउँपालिकामा सबै भन्दा बढी ७० प्रतिशत दलित बालबालिका कुपोषणको सिकार हुने गरेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, गाउँघरमा जनचेतनाको अभावका साथै विहानदेखि बेलुकासम्म काममा व्यस्त हुने र स–साना बालबालिकाहरू खानपानमा ख्याल तथा हेरचाह नगर्ने भएका कारण दलित बालबालिकाहरू बढी कुपोषित हुनुका साथै रोगको सिकार हुने गरेका छन् ।
विशेष गरी आमाबुवाको लापर्वाहीका कारण बालबालिकाहरुमा कुपोषण हुने गरेको पाइएको प्रमुख ढकालले बताउनुभयो । जिल्लाको दुरदराज वस्तीमा गर्भाअवस्थामा समेत आराम नगरी महिलाहरुले सक्ने नसक्ने सबै काम गरेको पाइन्छ । बच्चा जन्माई सकेपछि पनि महिलाहरुले बढी काम गर्ने गरेका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…