ताँजाकोटको जनप्रकाश माविका विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य
ताँजाकोट गाउँपालिका–१ को जनप्रकाश माविका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।
विद्यालयको भौतिक संरचना अभावमा विद्यार्थीहरू खुल्ला चौर र भुइँमै बसेर अध्ययन गर्दै आएका हुन । २०७५ सालमा स्थापना गरिएको जनप्रकाश माविको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका छन् ।
विद्यालयमा पर्याप्त भौतिक संरचना नहुँदा समस्या भएको सो विद्यालयका निमित्त प्रद्यानाध्यापक बिर्खबहादुर खड्काले जानकारी दिनु भयो । तीन सय ८० जना विद्यार्थी अध्ययनरत जनप्रकाश माविका विद्यार्थी भौतिक संरचना र डेक्स–बेन्चको अभावमा २०७५ सालदेखिनै खुला चौरमा अध्ययन गर्दै आएको खड्काको भनाइ छ ।
गाउँलेले चन्दा उठाएर यो विद्यालय सञ्चालन गरेको अर्का शिक्षक तेजबहादुर दानीले बताउनु भयो । भवनहरू नहुँदा कम्प्युटर प्रयोग गर्न सकेका छैनौँ, विज्ञानको प्रयोगशाला व्यवस्थासमेत छैन शिक्षक दानीको भनाइ छ ।
०५१ सालमा प्रावि, ०६३ साल निमावि र ०७५ सालमा माध्यमिक विद्यालय सञ्चालन भएको शिक्षक दानीको भनाइ रहेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…