ताँङगिन गाउँका मतदातालाई मतदान गर्न समस्या

  ०७९ मङ्सिर ३ गते

नाम्खा गाउँपालिका–१ ताँङगिन गाउँका मतदातालाई मतदान गर्न समस्या हुने भएको मतदाताले गुनासो गरेका छन् । ४० घरधुरी रहेको गाउँमा १ सय ५० मतदाता संख्या रहेको ताँङगिन गाउँमा मतदातालाई मतदान गर्न समस्या भएको स्थानीयले गुनासो गरेका हुन् ।

ताङगीन गाउँदेखि मतदान केन्द्र पुग्न करिव पाँच घण्टा लाग्ने भएपछि त्यहाँका मतदातालाई मतदान गर्न समस्या हुने भएको स्थानियवासी नारायण लामाले बताउनु भएको छ ।सो गाउँबाट मतदान केन्द्र पुग्न करिव ५ घण्टाको दुरी भएपनि बाटो भिरालो र उकालो भएकै कारण जेष्ठ नागरीक, गर्भवती महिलालाई सोही वडाको बुद्ध आधारभूत विद्यालय हेप्का मतदान केन्द्रको मतदान स्थल पुग्न विगतदेखि नै समस्या हुने गरेको र यस पटक पनि दुख हुने भएको लामाको भनाई छ ।

गर्भवती र महिला जेष्ठ नागरिक मतदान गर्नु भन्दा १ दिन पहिला आएर हेप्का गाउँमा बास वस्नु पर्ने बाध्यता अहिले पनि यथावत नै छ । सो गाउँका स्थानीयले यस अघि नै गाउँमै मतदान केन्द्र स्थापनका लागि माग गरेको भए पनि सुनुवाई नभएको लामाको भनाई छ ।


नन्द सिंह