तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो
दमौली अस्पतालमा कार्यरत ११ जना करार सेवाका डाक्टरहरूले १८ महिना देखि प्रोत्साह भत्ता र पाँच महिना देखि तलब भत्ता नपाएका बताएका छन् ।
अस्पतालमा कार्यरत डाक्टर आस्था रेग्मी, डाक्टर राजु राना मगर, डाक्टर दिवस ढकाल, डाक्टर सिन्चन पाण्डे, डाक्टर सुनयन सुवेदी, डाक्टर पुजा सैजु, डाक्टर प्रशन्न कार्की, डाक्टर अभिनन्दन तिवारी, डाक्टर सन्जिव भण्डारी, डाक्टर कृष्ण गिरी र डाक्टर शुशिल विकले तलब भत्ता पाएका छैनन् ।
कोभिड–१९ महामारीमा ज्यान जोखिममा राखि सेवा गरेकोमा सङ्घीय सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेपनि आफूहरूले अहिलेसम्म कुनै तलब भत्ता नपाएको उनीहरूले बताएका छन् ।
सेवा गरेवापत मासिक रूपमा पाउनुपर्ने तलबको लागि निरन्तर माग गरेपनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन बाहेक अन्य केही प्राप्त नभएको डाक्टर सिन्चन पाण्डेले बताउनुभयो ।
लामो समयदेखि तलब भत्ता नपाएका डाक्टरहरूले हालसम्मको तलब भत्ता उपलब्ध गराईदिन माग गर्दै माघ २१ गते प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।
अस्पतालका प्रमुख डाक्टर सुनिल पौडेललाई माघ १६ गते एक हफ्ते अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाईएको भन्दै डाक्टरहरूले आफुहरूको माग पुरा नभए अस्पतालमा सेवा दिन नसक्ने प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र जानकारी दिइएको डाक्टर पाण्डेले बताउनुभयो ।
ज्ञापनपत्रमा आधिकारिक ट्रेड युनियन, नेपाल निमामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठनलाई बोधार्थ दिइएको छ ।
दमौली अस्पतालका प्रमुख डाक्टर पौडेलले करारका डाक्टरको तलब भत्ताको बारेमा सम्बन्धित निकायमा पहल भइरहेको बताउनुभयो ।
उहाँले अस्पताल विकास समितिमा बजेट नभएको कारण तलब भत्ता दिन नसकिएको भन्दै अब चाँडै नै तलब भत्ता निकासको लागि पहल गरिएको बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…