तरुण दलका कार्यकर्ताको हत्या घटनाका आरोपित गिरफ्तार

तरुण दलका नगर कमिटी सदस्य देवदह नपा–५ खैरेनीका २० वर्षीय अनिस पुरीको हत्या आरोपमा प्रहरीले देवदह नपा–९ का २१ वर्षीय अर्जुन मगर, सोही ठाउँका २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा, २१ वर्षीय शिशिर राना र १९ वर्षीय मनोज क्षेत्रीलाई फागुन २७ गते गिरफ्तार गरेको गरेको छ ।

मृतकलाई फागुन २६ गते देवदह नपा–९ घोडाहामा मोटर साईकलमा आएका १०÷१२ जनाको समूहले रड, ढुङ्गा र चिरपट प्रहार गरेका थिए ।

घाइतेलाई स्थानीयले देवदह मेडिकल कलेजमा उपचारका लागि पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक पक्षले सबै आरोपितहरूलाई गिरफ्तार गरी कारवाही नगरेसम्म दाहसंस्कार नगर्ने अडान राखेका छन् ।

शवको पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शवगृहमा राखिएको छ । डिएसपी कुमोध ढुङ्गेलले पाँच जना आरोपित गिरफ्तार भएको र थप अनुसन्धान भइरहेको बताए ।

देवदह नपाका मेयर हिराहादुर केसीले मुख्य आरोपित गिरफ्तार नभएको भन्दै पीडित पक्षले शव बुझ्न नमानेको बताए ।


रीमा बि.सी.