तनहुँमा क्षेत्र नम्बर १ मा मतदान सुचारू

  २०८० वैशाख १०

तनहुँ क्षेत्र नम्बर १ मा मतदान कार्य सुचारू भइरहेको छ । उक्त क्षेत्रका ६९ मतदान स्थलका १ सय ५२ मतदान केन्द्रमा वैशाख १० गते बिहान ७ बजे देखी मतदान कार्य सुरू भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो ।

insec anumman matdan4

अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपुर्णरूपमा नै मतदान जारी रहेको उहाँले बताउनुभयो । उपनिर्वाचनको लागि ७ सय ५० कर्मचारी र तिन ओटै तहका करिब २६ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

उपनिर्वाचनकोलागि तनहुँ क्षेत्र नम्बर १ मा महिला ६३ हजार ७ सय ६५ र पुरुष ५९ हजार ५ सय ४० गरि कुल १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।

उपनिर्वाचनको इन्सेक, राष्ट्रिय मानवआधिकार आयोग, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) लगायतका संस्थाहरूले पर्यवेक्षण गरेका छन् । इन्सेकको तर्फबाट निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक बिजयराज गौतम, गन्डकी प्रदेश संयोजक शिव खकुरेल लगायतले विभिन्न मतदान केन्द्रमा पर्यवेक्षण गरिरहनुन भएको छ ।

insec anumman matdan2


प्रकाशचन्द्र भट्टराई