ढुङ्गा प्रहार गरी पत्नीको हत्या, आरोपित पति फरार
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीको ढुङ्गा प्रहारबाट असोज २३ गते मृत्यु भएको छ ।
घरायसी विवादका ४२ वर्षीय पति डम्बरबहादुर गिरीले लोहोरोले प्रहारबाट ज्ञानकुमारीको मृत्य भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहारबाट घाईते हुनु भएकी ज्ञानकुमारीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाई पदम पुरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
दिदीको हत्या भएपछि आरोपित भिनाजुविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भाई पदम पुरीले बताउनु भयो ।
घटना लगत्तै फरार भएका आरोपितले खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज २३ गते गरिएको छ ।
रामधन राई
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…