ढुङ्गा प्रहार गरी उम्मेदवारको हत्या
सङ्खुवासभाको भोटखोला गाउँपालिका-२, च्याम्ताङका माओवादी केन्द्रका खुल्ला वडा सदस्य छिनाङ भोटेको हत्या भएको छ । असार ४ गते छिमेकी ५४ वर्षीय छिमिक भोटेसँग बाटोको विषयमा विवाद भएको र छिमिकले छिनाङको टाउकोमा ढुङ्गाले प्रहार गर्दा छिनाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घाइते भएका छिनाङको स्थानीय चेपुवा स्वास्थ्य चौकीमा उपचार गरी घर लैजाने क्रममा राति अन्दाजी ९ बजे ज्यान गएको हो । ढुङ्गा प्रहार गर्ने छिमिक भोटेलाई प्रहरीले गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको डिएसपी गौतमकुमार केसीले बताए । च्याम्ताङबाट जिल्ला अस्पाताल आउन करिव पैदल तीन दिन लाग्छ ।
नेकपा (माओवादी केन्द्र) सङ्खुवासभाले विज्ञप्तिमार्फत हत्यारालाई कारबाहीको माग गदै मृत भोटेलाई शहीद घोषणा गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । जिल्ला इञ्चार्ज आरपी किराँतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाले निर्वाचनको समयमा अशान्त वातावरण बनाएको भन्दै उम्मेदवारको सुरक्षाको साथै मतदाताहरूको समेत भरपर्दो सुरक्षा व्यवस्था गर्न माग गरेको छ ।
बावुराम बास्तोला
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…