'ड्रपआउट' रोक्न मुक्तकमैयाका बालबालिकालाई साइकल उपहार
नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न दाङमा मुक्त कमैयाका बालबालिकालाई पुस २२ गते साइकल उपहार दिइएको छ ।
देउखुरीको गढवा, गङ्गापरस्पुर, गोवरडिहा, लालमटिया र सिसहनीयाका मुक्त कमैयाका २७ जना बालबालिकालाई साइकल वितरण गरिएको हो । घर नजिक विद्यालय नहुँदा हिँडेर जानुपर्ने र विद्यालय ढिलो जाने अवस्थाले विद्यार्थीहरूले विद्यालय नै छोड्ने अवस्था आएको भन्दै ती बालबालिकाहरूलाई साइकल वितरण गरिएको मुक्त कम्लरी विकास मञ्चकी पूर्व अध्यक्ष उर्मिला चौधरीले बताइन् ।
थारुहरूको महान पर्व माघि तथा नयाँ वर्षको अवसरमा एक समारोहकाबिच उनीहरूलाई साइकल वितरण गरिएको हो । यसअघि माघि पर्वकै अवसरमा थारु समुदायमा बालबालिकाहरूलाई कमैया कम्लहरीको रूपमा जमिन्दारको घरमा पठाउने चलन थियो ।
उक्त चलनको साङ्केतिक विरोधको रूपमा पनि मुक्त कमैयाका बालबालिकाहरूलाई विद्यालय जानका लागि प्रोत्साहन स्वरुप जनही ७ हजार ६ सय ५० रुपियाँको साइकल वितरण गरिएको हो ।
जेएन सागर
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…