ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते

  ०८१ माघ १० गते

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार गरेका हुन् ।

गोली प्रहारबाट प्रहरी जवान बिष्टको टाउँकोमा गम्भीर चोट लागेको छ । घटना लगतै  बिष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको भए पनि उपचार हुन नसकेपछि उहाँको थपउपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको छ ।

के कती कारणले आफैलाई गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको र उहाँको स्वास्थ्य अवस्था  जटिल रहेको जानकारी प्राप्तभएको  जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताउनु भयो ।

यसअघि गत महिना ०८१ पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट टाउँकोमा गम्भीर चोट लागेका न्यौपानेको स्वास्थ्य उपचारपछि घर फर्किएका थिए ।


लिली कुँवर