प्रहरी कुटपिट घटनाका आरोपित गिरफ्तार
जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा कार्यरत प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई ०८१ कात्तिक २० गते गिरफ्तार गरेको छ ।
अमरगढी नगरपालिका–५ बागबजारमा ड्युटीमा खटिएका प्रहरी हवल्दार पन्तलाई कात्तिक २० गते कुटपिट गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–४, कञ्चनपुरका कार चालक २२ वर्षीय रोहित सार्की, अजयमेरु गाउँपालिका–४ का २८ वर्षीय बिनोद बैज, अजयमेरू गाउँपालिका–४ चिपुरका २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई गिरफ्तार गरेको हो ।
धनगढीबाट डडेल्धुरा तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको जीजि ५ आरभी ८८४८ नम्बरको महेन्द्रा कम्पनीको कारलाई बागबजारमा रोकी प्रहरी हवल्दार पन्तले चेकजाँच गर्दा प्रहरी हवल्दारलाई कुटपिट गरी ढुंगा प्रहार गरी घाइते बनाइएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर उपेन्द्र बमले बताउनु भयो ।
कुटपिटबाट घाइते पन्तको डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ ।
घटनाका संलग्न पाँच जना आरोपितलाई गिरफ्तार गरी सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक बिरुद्धको अपराधमा सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको इन्स्पेक्टर बमले बताउनु भयो ।
शेरबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…