ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोप
जिरी नगरपालिका-८ मा रहेको जिरी अस्पतालका प्रमुख डा. रञ्जित झा सहित ड्युटिमा खटिएका स्वास्थ्यकर्मीले आफूहरूमाथि जिरी नगरपालिका-८ का वडा अध्यक्ष कृष्णकुमार खत्रीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
जिरी अस्पतालमा ०८० फागुन २ गते विष सेवन गरी बिरामी परेर अस्पताल लगिएका जिरी नगरपालिका-८ का १६ वर्षीया जीवन खत्रीको थप उपचारको लागि काठमाडौँ लैजान एम्बुलेन्स उपलब्ध नभएपछि वडा अध्यक्ष खत्री, बिरामीका परिवारजन र जिरी अस्पतालका प्रमुख डा. झा सहितका स्वाथ्यकर्मीबीच विवाद भएको थियो ।
सोही विवाद पश्चात बिरामीको थप उपचारका लागि काठमाडौँ लैजान जिरी नगरपालिका-१ को एम्बुलेन्स झिकाइसकेको अवस्थामा वडा अध्यक्ष खत्रीले अनावश्यक गालीगलौज गरी दुर्व्यवहार गरेको डा. झाले बताउनु भयो । उहाँले जिरी अस्पतालका दुवै एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएका कारण बिरामीलाई काठमाडौँ लैजान अस्पतालले अर्को एम्बुलेन्स झिकाएको बताउनु भयो ।
घटनाबारे जिरी अस्पतालले फागुन ३ गते विज्ञप्ति जारी गर्दै अस्पतालका प्रमुख डा. झा सहित ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको विषयलाई लिएर आपत्ति जनाएको छ । स्वास्थ्यकर्मीहरूले वडा अध्यक्ष खत्रीमाथि आवश्यक कारबाही नभए एक सातापछि विरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।
इन्सेकलाई जानकारी दिँदै जिरी नगरपालिका-८ का वडा अध्यक्ष कृष्णकुमार खत्रीले विष सेवन गरी बिरामी परेका आफ्नो वडाका बालकको उपचारमा लापरबाही भएको र उहाँलाई काठमाडौँ लैजान एम्बुलेन्सको समेत व्यवस्था नभएका कारण आफूले चासो व्यक्त गरेको उल्लेख गर्नुभयो । उहाँले अस्पतालको दुवै एम्बुलेन्स उपलब्ध नहुँदा चासो राख्नु आफ्नो कर्तव्य भएको बताउनु भयो ।
उद्धब पोखरेल
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…