डेढ महिनादेखि सुत्केरी प्रोत्साहन भत्ता वितरण हुन सकेन
गुल्मी अस्पताल, तम्घासबाट सुत्केरीहरूले पाउँदै आएको प्रोत्साहन भत्ता डेढ महिनादेखि बितरण हुन सकेको छैन । प्रोहत्साहन भत्ता वितरण नहुँदा सुत्केरी आमाहरू सुविधाबाट वञ्चित भएका छन् ।
नेपाल सरकारले गर्भवति आमा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउँदा प्रोत्साहन स्वरूप प्रत्येकलाई यातायात खर्च वापत २ हजार रूपियाँ र गर्भवती महिलाले सरकारी स्वास्थ्य संस्थामा नियमानुसार चेकजाँच गराए वापत ८ सय रूपियाँ पाउँछन् ।
उक्त दुबै सुविधा ०८० वैशाख २१ देखि गुल्मी अस्पतालले बन्द गरेको छ । अस्पतालले सुत्केरी आमाहरूलाई हातमै सुविधा प्रदान गर्न नर्सिंङ्ग शाखामा कार्यरत इन्चार्ज वा तोकिएको व्यक्तिलाई पेश्की उपलब्ध गराउँछ । पेश्की प्राप्त गर्नेले कार्यविवरणको आधारमा रकम फरच्यौट गर्दै जानुपर्छ ।
समयमै पेश्की फरर्च्यौट नगरेका कारण सेवा बन्द भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । जिसीले कानुन अनुसार एउटै व्यक्तिलाई पटक–पटक पेश्की दिन नमिल्ने र समयमै नर्सिंङ्ग शाखाले विवरण पेश नगरेका कारण समस्या परेको बताउनु भयो ।
नर्सिंङ्ग शाखा प्रमुख नर्सिंङ्ग अधिकृत संगीता रेश्मीले आफूले धेरै पटक पेश्की फररच्यौटको प्रयास गरेपनि कार्यालय प्रमुखले विभिन्न बखेडा झिकेर अल्झाइरहेको प्रतिक्रिया दिनुभयो । पेश्की फरर्च्यौटमा समस्या भएका कारणले सुत्केरीले पाउने सेवा प्रभावित भएको बताउदै समाधानकोलागि कार्यालय प्रमुख सकारात्मक बन्नुपर्ने बताउनु भयो ।
अहिलेसम्म अस्पताल विकास समितिको रकमबाट पेश्की लिएर सुत्केरीलाई रकम प्रदान गर्ने गरिएको थियो । गुल्मी अस्पतालमा मासिक ५० देखि ७० जनाले प्रसुती सेवा लिने गरेका छन् । अस्पतालले सुत्केरी हुने बित्तिकै दिने सुविधालाई पछि दिने गरी पठाउदै आएको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…