डेङ्गु रोगबाट लुम्बिनी प्रदेशमा २८ सय भन्दा बढी सङक्रमित

  ०७९ असोज ११ गते

लुम्बिनी प्रदेशमा ०७९ साउन देखि असोज ११ गतेसम्म डेङ्गु रोगबाट सङक्रमित हुनेको सङ्ख्या२ हजार ८ सय २८ पुगेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार साउनदेखि हालसम्म २ हजार ८ सय २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ  भने तीन जनाको मृत्यु भएको छ ।

सबै भन्दा बढी दाङ जिल्ला प्रभावित भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार लुम्बिनी प्रदेशमा सबै भन्दा बढी  १ हजार १ सय ८० जना सङ्क्रमित भएका छन् ।  रुपन्देहीमा सङ्क्रमित हुनेको सङ्या ७ सय रहेको छ । सङ्क्रमणबाट पाल्पाका ५८ वर्षीय पुरूष, दाङमा ४० वर्षीया महिला र बर्दियामा ८६ वर्षीय वृद्ध  गरी तीन जनाको मृत्यु भएको  पौडेलले बताउनु भयो ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरूमा दैनिक ४० भन्दा बढी डेङ्गु सङ्क्रमित बिरामी आउने गरेको र साउन मसान्तसम्म करिब ४ सय जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएकोमा भदौमा महनामा मात्र २ हजार २ सयभन्दा बढी सङ्क्रमित थपिएको पौडेलले बताउनु भयो ।

पौडेलले सरकारी अस्पतालको तथ्याङ्क मात्र मन्त्रालयसँग रहेको बताउदै नीजि क्लिनिकमा उपचार गर्नेहरुको तथ्याङ्क थाहा पाउन नसकेको सरकार बताउनु भयो । सरकारले चार वटा रणनीतिहरू नियमित निगरानी, खोज तलास गर्ने, समयमा नै निदान गर्ने र अभिमुखिकरण जस्ता अभियानलाई निरन्तरता दिदै  प्रदेशका सबै स्थानीय स्तरमा रोगकारण लामखुट्टेको पहिचान र रोकथामको काम गर्ने रहेको पौडेलको भनाई रहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले डेङ्गु रोग लागेमा ज्वरो आउने, आँखाको गेडीहरू दुख्ने, शरीरमा डाबरहरू आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, पेट गडबडी हुने जस्ता समस्याहरू हुने भएकोले यसबाट बच्नका चिकित्सकसँग सल्लाह लिनु पर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश सरकारले डेङगुको सङ्क्रमण बढदै गएपछि महामारी जन्य रोग अन्तरगत रहेर काम अघि बढाएको र स्वस्थ्य सेवाको क्षेत्रमा रहेर स्थानिय तहसँग समन्वय गरि अभियान सञ्चालन गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य सचिव डा. विकास देवकोटाले बताउनु भयो ।

सचिब देवकोटाले सङक्रमण बिस्तारै घटेको देखिएपनि अझै २ महिना अवस्था सामान्य नहुने भन्दै लामखुट्टे खोज र नष्ट गर भन्ने अभियान निरन्तरता दिनु पर्ने बताउनु भयो ।


रीमा बिसी