डेङ्गु परीक्षणका लागि पर्वत अस्पतालमा किट अभाव
पर्वत अस्पतालमा डेङ्गु परीक्षणका लागि किटको अभाव भएको छ । सरकारी अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने किट अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
साउन महिनाको अन्तिम सातादेखि पर्वतमा डेङ्गु सङ्क्रमण फैलिँदै आएपनि पर्याप्त मात्रामा किट उपलब्ध नहुँदा परीक्षणमा समस्या देखिएको हो ।
सरकारी अस्पतालमा किट अभाव भएपछि आफूलाई डेङ्गु लागेको शङ्का गर्ने बिरामीले निजी अस्पताल तथा क्लिनिकमा गएर स्वास्थ्य परीक्षण गराउन थालेका छन् ।
निजीमा १ हजार २ सय रुपियाँसम्म तिर्नुपरेको सङ्क्रिमित एक महिलाले बताउनु भयो । ‘अस्पतालमा गएको परीक्षण गर्ने किट नै छैन भनेपछि निजी क्लिनिकमा गएकी हुँ ।’-उनले भनिन्-‘निजी क्लिनिकले पनि पर्वत प्याथोलोजीमा पठायो । मैले १ हजार २ सय रुपियाँ तिरेँ ।’
पर्वतमा हालसम्म ६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पर्वतकी डेङ्गु रोग फोकल पर्सन मुना सापकोटाले जानकारी दिनु भयो ।
पर्वत अस्पतालमा किट अभाव भएपछि सर्वसाधरण निजी अस्पताल तथा क्लिनिकहरुमा धाउन बाध्य भएको कुरा स्वीकार्दै उहाँले अस्पताल व्यवस्थापन समितिले यस विषयमा ध्यान दिन नसकेको बताउनु भयो ।
पछिल्लो समय पर्वतमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले प्रदेश सरकारसँग किटको माग गरिएको तर समयमा उपलब्ध नभएपछि व्यवस्थापन समिति आफैले खरिद गर्ने योजना बनाएको बताउनु भयो ।
डेङ्गुका लक्षण सहितका दैनिक १० देखि १५ जना बिरामी किट अभावकै कारण निजी स्वास्थ्य संस्थामा पठाउन बाध्य भएको उहाँले बताउनु भयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…