डेङ्गी परीक्षण गर्ने किटको अभाव
जिल्ला अस्पतालमा डेङ्गी रोग परीक्षण गर्ने किट अभाव भएको छ ।
जिल्ला अस्पतालमा ०८० असोज २१ गतेदेखि डेङ्गी परीक्षण गर्ने किटको अभाव भएपछि विरामीले सास्ती पाएका छन् ।
अस्पतालमा डेङ्गी परीक्षण गर्ने किटको अभाव भएको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यले बताउनु भयो ।
जिल्ला अस्पातलमा डेङ्गी परीक्षण गर्ने किट अभाव भएपछि विरामीहरुले निजी स्वास्थ्य संस्थामा महंगो मूल्यमा डेङ्गी परीक्षण गर्नुपर्ने अवस्था आएको निमित्त मेसु आर्चायले बताउनु भयो ।
जिल्ला अस्पतालमा किट अभावभएपछि डेङ्गी परीक्षणको काम रोकिएको छ । किटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिएको अस्पतालका निमित्त प्रमुख आचार्यको भनाइ छ । केही दिनभित्र किट जिल्ला अस्पताल आइपुगेपछि मात्र डेङ्गी परीक्षण हुने जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।
जिल्लामा ०८० साउनयता डेङ्गी सङ्क्रमितको संख्या १ हजार ३ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पतालमा दैनिक रुपमा डेङ्गी सङ्क्रमितका विरामी बढ्दै गएका कारण बेड समेत अभाव भएको छ ।
सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।
डेङ्गी सङ्क्रमणका बिरामी बढेपछि उपचारका बेड अपुग भएपछि प्यासेज र हलमा राखेर उपचार गरिएको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला थाहा नगरपालिका–६ घर भई शैलुङ गाउँपालिका–८ मा बस्ने ३९ वर्षीय हिराकाजी बलामीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या
झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । साबिकको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक…
गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…