डेंगु र स्क्रब टाइफस नियन्त्रण गर्न उच्च अदालतद्वारा अन्तरिम आदेश
बाँके र बर्दियामा देखा परेको डेंगु र स्क्रब टाइफस रोगलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई उच्च अदातल नेपालगञ्जले कात्तिक २५ गते अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास)का न्यायाधीशद्वय डाक्टर कुलरत्न भुर्तेल र वीरबहादुर डाँगीको इजलासले उक्त आदेश दिएको हो ।
डेंगु र स्क्रब टाइफस फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विपक्षी जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले सबै सरोकारवालासँग सार्थक समन्वय गरी सम्बद्ध औषधि उपकरण स्टक राख्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने र सोको प्रयोजनार्थ नेपाल सरकारबाट आर्थिक स्रोत जुटाउने गरी जिविससँग भएको आर्थिक स्रोत समेत परिचालन गर्न सक्ने आदेश दिएको छ ।
यसैगरी सम्बन्धित रोगीको उपचार गर्न, रोगको नियन्त्रण एवम् रोग नियन्त्रणमा पूर्व सतर्कता अपनाउने गरी उच्च अदालत नियमावली ०७३ को नियम ४२ (१) बमोजिम विपक्षीको नाममा प्रस्तुत मुद्दाको अन्तिम निर्णय नभएसम्मका लागि उपयुक्त आदेश जारी भएको अधिवक्ता बसन्त गौतमले बताए ।
महिला कानुन र विकास मञ्चको सहकार्यमा थर्ड एलाइन्सले सङ्क्रमण तथा महामारीको रोकथाम, जनचेतना र औषधि उपचार व्यवस्थाको माग गर्दै उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास) मा कात्तिक १८ गते मुद्दा दर्ता गराएको थियो ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…