डुबेर चार बालिकाको मृत्यु भएको घटनामा अनुसन्धान शुरु
राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको राससले जनाएको छ ।
रौतहटको गरुडा नगरपालिका-४, गौर-चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले साउन २२ गते जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ खटाइएको उल्लेख छ ।
“विकासको अधिकार मानव अधिकारको अभिन्न अङ्ग हो, आम नागरिकको विकासको अधिकारलाई सुनिश्चित र कार्यान्वयन गर्दा सरकारले मानव अधिकार विकास पद्धतिको अवलम्बन गर्नुपर्दछ”-विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, आम नागरिक र विशेषगरी बालबालिका, महिला, वृद्ध, अपाङ्गता भएका व्यक्तिको जीवनको अधिकारको संरक्षण गरिनुपर्नेमा सरकार जिम्मेवार रहनुपर्ने स्मरण गराउँदै आयोगले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सार्वजनिक निर्माणका क्रममा निर्माण कम्पनीबाट हुने गरेको लापरबाही र सरकारी निकायको उदासीनताका कारण व्यक्तिले जीवनको अधिकार नै गुमाउनुपर्ने अवस्था हुनु अत्यन्त दुःखद स्थिति भएको आयोगको ठहर छ ।
आयोगले भविष्यमा यस्ता लापरबाहीपूर्ण कार्य हुन नदिन सरकार जिम्मेवार हुन र यस्ता घटनाबाट भएको मानवीय क्षतिप्रति पूर्ण संवेदनशील हुँदै दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।
त्यस्तै, भविष्यमा यस किसिमको घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसतर्कता अपनाउन तथा पीडित परिवारलाई उचित राहत एवम् क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…