डिलाशैनी गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण
सामाजिक सुरक्षा भत्ता लिदै आउनुभएका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंक जान कठिनाई भएपछि डिलाशैनी गाउँपालिकाले गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
गाउँपालिकाले गाउँघरमै आएर भत्ता वितरण गर्न थालेपछि आफूहरुलाई सहज भएको स्थानीय लाभग्राही गगनसिंह बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘यस भन्दा अगाडि सामाजिक सुरक्षा भत्ता लिन सास्ती भयो । सामाजिक सुरक्षा भत्ताकै लागि एक दिन विताउनु पर्थो । बैंक भएको स्थानमा पुग्न नै दुःख हुन्थ्यो । गाउँपालिकाले अहिले राम्रो काम गरेको छ ।’
विकट ठाउँहरुबाट जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय नजिक रहेका बैंकमा पुगेर भत्ता लिन असहज भएको जनगुनासो अनुसार गाउँपालिकाले बैंकसँग समन्वय गरी गाउँघरमै गएर सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनु भयो ।
गाउँपालिका र कुमारी बैंकको सयुक्त आयोजनामा ०८० माघ ५ गतेदेखि सामाजिक सुरक्षा भुक्तानी शिविर सञ्चालन गरी दोस्रो त्रैमासिकको सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको डिलाशैनी गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले बताउनु भयो ।
ज्येष्ठ नागरिक, अशक्त र आपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि गाउँगाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहको उहाँको भनाइ छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…