डिपोमा खाद्यान्न नहुँदा महङ्गोमा खाद्यान्न किन्नु परेको स्थानीयबासीको गुनासो
खाद्य संस्थानको डिपोमा खाद्यन्न अभाव हुँदा जिल्लाका खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाका स्थानीयबासीले महङ्गोमा खाद्यान्न किन्न बाध्य भएका छन् ।
खाद्य संस्थानबाट सहुलियत दरमा विक्री हुने ३० केजी चामलको प्रति बोरा १ हजार ५ सय ५० रुपियाँदेखि १ हजार ९ सय ७० रुपियाँमा किन्ने गरेकोमा नजिकको डिपोमा चामल अभाव भएपछि सर्वसाधारण चार घण्टा हिँडेर ३० केजी चामलको २ हजार २ सयदेखि ३ हजार ५ सय रुपियाँमा खाद्यान्न किन्न बाध्य भएको स्थानीयबासी धनसिंह कार्कीले गुनासो गरे ।
जिल्ला खाद्य व्यवस्थापन समितिले शाखा र तीन डिपो केन्द्रलाई वर्षभरी पुग्ने खाद्यान्न माग गरे अनुसारको खाद्यान्न संस्थानको केन्द्रिय कार्यालयले स्वीकृत नगरिदिँदा खाद्य संस्थानका डिपोमा खाद्यान्न अभाव भएपछि स्थानीयबासी बजारमा पाइने खाद्यान्न महङ्गो रुपियाँमा किनेर खान बाध्य भएका हुन् ।
आर्थिक वर्ष ०७४/०७५ का लागि ०७४ साउन ८ गते बसेको जिल्ला खाद्य व्यवस्थापन समितिको बैठकले खाद्य संस्थान मुगु शाखाका लागि १८ हजार, सोरु डिपोका लागि १५ हजार, पुलु र श्रीकोट डिपोको लागि ५/५ हजार क्विन्टल खाद्यान्न माग गरेपनि खाद्य संस्थान केन्द्रिय कार्यालयले माग गरे अनुसारको खाद्यान्न आपूर्ति नगर्दा खत्याड गाउँपालिकाको श्रीकोट डिपो, रातापानि विक्री केन्द्र, सोरु गाउँपालिकाको सोरुकोट डिपो, कालै विक्री केन्द्र र मुगुम कार्मारोङ्ग गाउँपालिकाको पुलु केन्द्रमा खाद्यान्न अभाव भएको छ ।
जिल्ला खाद्य व्यवस्थापन समितिले जिल्लाभरका लागि पुग्ने खाद्यान्न माग गरे पनि जिल्लालाई आर्थिक वर्ष ०७४/०७५ मा शाखालाई १० हजार, सोरु डिपोका लागि ४ हजार, पुलु डिपोका लागि २ हजार ५ सय र श्रीकोट डिपोका लागि २ हजार क्विन्टल मात्र स्वीकृत भएर आएको थियो । ०७५ जेठ १५ गतेदेखि खत्याड गाउँपालिकाको श्रीकोट डिपो रातापानी विक्री केन्द्रमा रहेको छ । २ हजार क्विन्टल स्वीकृत भएर आएपनि १४ सय ७ क्विन्टल ३६ केजी चलानी भएको र सबै खाद्यान्न विक्री भई सकेकाले खत्याडका दुवै केन्द्रमा खाद्यान्न मौज्दात नरहेको खाद्य संस्थान मुगु शाखाका प्रमुख भरतराज खनियाले जानकारी दिए ।
प्रमुख खनियाका अनुसार अन्य दुई केन्द्रमा पनि स्वीकृत भई आएको खाद्यान्न ढुवानी गरी पठाइसकेको भएपनि यो खाद्यान्न पर्याप्त मात्रामा नपुग्ने हुँदा यी केन्द्रमा खाद्यान्न अभाव भएको छ । अहिले खाद्य संस्थान मुगु शाखाको गोदाममा जम्मा ८ सय क्विन्टल मात्र मौज्जाद रहेको छ भने २६ सय क्विन्टल खाद्यान्न आउन बाँकी रहेको छ । यो खाद्यान्न दुई महिनालाई पनि पर्याप्त नहुने भएकाले जिल्लाभर खाद्यान्न अभाव हुने भएको छ ।
खाद्य संस्थानले सहुलियत दरमा सर्वसाधरणलाई खाद्यान्न उपलब्ध गराउँदै आएको भएपनि आफ्नो गाउँ नजिकको विक्री केन्द्रमा खाद्यान्न अभाव भएपछि दुई घण्टा हिँडेर गाउँपालिकाको सदरमुकाम रहेको माझ चौर वा चार घण्टा हिँडेर छिमेकी जिल्ला बाजुराको कोल्टिबाट महङ्गो रुपियाँमा चामल किनेर खानुपर्ने बाध्यता रहेको खत्याड गाउँपालिका-८ का ऐमान नेपालीले बताए । 'वर्षरको खेतीले तीन महिना पनि खान पुग्दैन ।'-उनले गुनासो गरे । गाउँमा आएको विकास निमार्णको काम गरे बापतको रकमले गाउँ नजिकको विक्री केन्द्रमा सहुलियत दरमा खाद्यान्न किनेर बिहान बेलुकीको छाक जोहो गर्नका लागि सर्वसाधारणले जसोतसो जम्मा गरेको रकम संस्थानले आवश्यक खाद्यान्न आपूर्ति नगरेकै कारण बजारमा महङ्गोमा खाद्यान्न किनेर खान बाध्य रहेको सोही वडाका धनसिंह कार्कीले बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…