डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिएको उपभोक्ताको गुनासो
जुम्लाका व्यापारीले पसलमा राखेका डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिनु परेको उपभोक्ताले गुनासो गरेका छन् ।
नापतौल विभागको प्रमाणीकरण पश्चात मात्र खरिद विक्री गर्न पाइने भएपनि बिना प्रमाणीकरण जुम्लाका अधिकांश खाद्य तथा किराना पसलहरूमा डिजिटल ढक तराजु चलाएको पाइएपछि आफूहरू ठगिएको उपभोक्ताले गुनासो गरेका हुन् ।
तातोपानी गाउँपालिका-४ का धनबहादुर बुढाले सरोकारवाला निकायले ध्यान नदिँदा उपभोक्ताहरू ठगिँदै आएको आरोप लगाए । उनले भने-'व्यापारीले सामान खरिद गर्दा विल नदिने गरेको र मूल्य सूची पनि टाँस गर्ने गरेका छैनन् ।'
उपभोक्ताबाट पटकपटक गुनासो आएपछि अनुगमनका क्रममा कतै ढुङ्गालाई ढक बनाएको भेटियो भने कतै ठुला पसलहरूमा राखिएका डिजिटल काटा प्रमाणीकरण नभएको भेटिएपछि उपभोक्ता दैनिक ठगिरहेको खाद्य अनुसन्धान अधिकृत अमितभुषण सुमनले बताए । उनका अनुसार डिजिटल काँटामा नापतौल विभागले टाँस्ने प्रमाणीकरणको स्टिकर नटाँसिएकाले विभिन्न पसलबाट काँटाहरू बरामत गरिएको छ ।
नापतौलमा भएको अनियमितताका कारण जुम्लाका उपभोक्ताहरू मारमा परेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।
बजार अनुगमनबाट २४ पसल मध्ये १२ ओटा पसलमा मिति गुज्रेको सामान भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए । उनले भने-'पटकपटकको बजार अनुगमनबाट केही पसलमा साइनबोर्ड राखेको र प्यान नम्बर लिएको पाइएपछि व्यापारीहरू सजग बन्न थालेको पायौँ ।' अझै उपभोक्ताहरू प्रति व्यापारी उत्तरदायी हुनुपर्ने भन्दै स्वयम् उपभोक्ता पनि सामान खरिद गर्दा चनाखो हुनुपर्ने सहायक प्रजिअ बुढ्थापाले बताए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…