डिएसपीले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीद्वारा उजुरी
जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानलाई कार्यालय प्रमुखसमेत रहेका डिएसपी केदार रजौरेले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै कारबाहीका लागि माथिल्लो निकायमा उजुरी गरेकी छन् ।
म्यादी प्रहरी छनौटको सिलसिलामा १ हजार भन्दा बढी मानिसको सामुन्नेमा चुल्ठो समाएर लछारपछार गरेको भन्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गरेको बताएकी छन् ।
पीडित जवानले उजुरीमा आफूलाई महिला भएकै कारण हेपेर सार्वजनिक स्थानमै कुटपिट गरेको उल्लेख गरेकी छन् । चैत २० गते भएको उक्त घटनाको बारे उजुरी गरेको ५ दिनसम्म पनि कुनै छानबिन नभएको उनले गुनासो पोखिन् ।
यसबारे डिआईजी विजयलाल कायस्थको प्रतिक्रिया माग्दा पीडित महिलाले अलि बढाईचढाई गरेर उजुरी गरेको र डिएसपी रजौरेले पनि केही कमजोरी गरेको कुरा टेलिफोनमा आफैँले कुरा गर्दा थाहा पाएको बताए । उनले भने-'छानबिन टोली बनाई अनुसन्धान सुरु भइसकेको छ ।'
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले आफूलाई कसैले नभनेको भन्दै एकैपटक सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाएको बताए । 'भीड हटाउन नसकेको भन्दै हप्काए मात्रै हो ।'-डिएसपी रजौरेले प्रतिक्रिया दिए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…