डिएसपीको नेमप्लेट लेखेको ज्याला माग्दा सईद्वारा कुटपिट गरेको आरोप
इटहरी उमनपा-१६ का ३४ वर्षीय मनोज पञ्जियारलाई इलाका प्रहरी कार्यालयका डिएसपीको नेमप्लेट लेखेको पैसा माग्न जाँदा सई रामचन्द्र पोखरेलले भदौ १० गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
तीन दिन अगाडि सरुवा भएर आएका डिएसपी नरेशराज सुवेदीको नेमप्लेट लेखेको पैसा लिन जाँदा बिल बढी भएको भन्दै सईले कुटपिट गरेको रेन्बो आर्ट इटहरीमा काम गर्ने मनोजले बताए । मनोजले डिएसपीको कार्यकक्ष बाहिर भित्तामा झुन्ड्याउने र टेबलमा राख्ने नेमप्लेट लेखेको पैसा लिन प्रहरी कार्यालय पुगेका थिए ।
'छ सय रुपैयाँको बिल लिएर गएको थिएँ । पैसा बढी भो, यति थोरै लेखेको यत्रो बढी बिल भयो भनेर हप्काउँदै पिटनुभो ।'-मनोजले भने-'सुरुमा लेखा शाखाको सईले पिटनुभो । अनि पछि हेल्प डेक्सको एक जना प्रहरी पनि आएर थप पिटनुभो ।' कुटपिटबाट मनोजको देब्रे आँखा छेउको भाग सुनिएको छ ।
बढी पैसा बिलमा उल्लेख गरेपछि रेन्बो आर्टका सञ्चालक अर्जुन कटुवालसँग कुरा गर्छु भन्दा डिएसपी सुवेदीको बाहिर वालमा लेखिएको नेमप्लेट उठाएर लान खोजेको र आफूमाथि नै जाई लागेपछि प्रतिकार गरेको सई रामचन्द्रले बताए ।
डिएसपी नरेशराज सुवेदीले भने दोषी सई पोखरेलसहितलाई विभागीय कारबाही गर्ने बताए ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…