ड्युटीमा खटिएको प्रहरी टोलीमाथि स्थानीय युवाहरुद्वारा आक्रमण, एक जना प्रहरी घाइते
ड्युटीमा खटिएको प्रहरी टोलीमाथि ०८१ असोज ९ गते राति स्थानीय युवााहरुको समूहले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा कार्यरत इन्स्पेक्टर महेशविक्रम शाही घाइते भएका छन् भने अन्य तीन जना प्रहरीलाई सामान्य चोट लागेको छ ।
चाडपर्वको समयमा हुने आपराधिक गतिविधिहरु नियन्त्रण गर्न र स्थानीयहरुको शान्तिसुरक्षाका लागि गस्तीमा खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–७ बुद्धवस्तीमा असोज ९ गते राति जुवातास खेलिरहेका युवाहरुलाई नियन्त्रणमा लिने प्रयास गरेपछि युवाहरुको समूहले प्रहरीमाथि नै आक्रमण गरी प्रहरीको गाडीमा समेत तोडफोड गरेर फरार रहेका इन्स्पेक्ट शाहीले बताउनु भयो ।
स्थानीय युवाहरुकाे आक्रमणबाट इन्स्पेक्टर शाही कानमा चोट लागेर घाइते भएका र प्रहरी भ्यानको अगाडीको सीसामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले बताउनु भयो ।
घाइते शाहीको उपचार असोज ९ गते राति पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा गरिएको र घटनामा संलग्न फरार युवाहरुको खोजी कार्य भइरहेको डिएसपी जोशीले बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…