ड्युटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन २२ गते

ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्नामाथि ०८० माघ ७ गते चक्कु प्रहार गरि फरार भएका महाकाली नगरपालिका–१ का २१ वर्षीय उमेशसिह कुँवरलाई प्रहरीले सदरमुकाम खलंगाबाट ०८० फागनु २१ गते गिरफ्तार गरेको छ ।

सामुदायिक प्रहरी बंगाबगडमा कार्यरत रहेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान ठगुन्नामाथि ०८० माघ ६ गते आरोपित कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

चक्कु प्रहारबाट घाइते भएका प्रहरी जवान ठकुन्नाको स्वास्थ्य उपचार जिल्ला अस्पताल, दार्चुलमा भइरहेको छ ।

पति उमेशले घरमा बन्दी बनाइ आफूलाई कुटपिट गर्ने गरेको भन्दै धनिशा कुँवरले ०८० माघ ६ गते प्रहरीमा निवेदन दिएपछि गिरफ्तार गर्न गएका प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका आरोपितलाई गिरफ्तार गरी माघ ७ गते बन्दक बनाएको, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर गोविन्द भण्डारीले बताउनु भयो ।


नरेन्द्रसिह कार्की