डायलासिस मेसिन बिग्रिएपछि मृगौलाका बिरामी समस्यामा
दमौली अस्पतालमा सञ्चालित शत्रुधन–मञ्जु मृगौला डायलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामी समस्यामा परेका छन् । डायलासिस केन्द्रमा रहेका ११ ओटा मेसिनमध्ये सात ओटा बिग्रिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो ।
डायलासिस मेसिन बिग्रिएको बारेमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग लगायत सम्बन्धित निकायमा जानकारी र ध्यानाकर्षण गराइएको थापाले बताउनुभयो ।
चार ओटा मेसिन मात्रै सञ्चालन गर्नुपर्दा मध्यरातसम्म कुरेर डायलासिस गर्नु परेको बिरामीका आफन्तले बताउनु भयो । धेरै मेसिन बिग्रिएकाले एउटा बिरामीको चार घण्टा गर्नुपर्ने डायलासिस तीन घण्टा मात्र गरिएको अध्यक्ष थापाले बताउनुभयो । बिरामीको चाप धेरै हुँदा मध्यरातसम्म बसी बिरामीले पालो कुरेर उपचार गर्ने गरेको थापाले जानकारी दिनु भयो ।
दमौली अस्पतालको उक्त डायलासिस केन्द्रमा ५२ जना मृगौलाका बिरामीले नियमित रूपमा डायलासिस गराउँदै आएकामा मेसिन बिग्रिएपछि सबैलाई पालो दिन डायलासिसको समय घटाइएको डायलासिस सेवाका इन्चार्ज शैलेन्द्र पण्डितले बताउनुभयो ।
यस अघि पनि मेसिन बिग्रिएपछि गत जेठ १७ गते राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौँको प्राविधिक टोली आएर बिग्रिएका मेसिन मर्मतसम्भार गरी सञ्चालनमा ल्याए पनि पुनः ती मेसिन बिग्रिएर हाल चार ओटाले मात्रै काम गरेको पण्डितले जानकारी दिनुभयो ।
बिग्रिएको मेसिन बनाउने प्राविधिक काठमाडौँबाटै आउनुपर्ने भएको हुँदा तत्काल मर्मत गर्न नसकिएको अध्यक्ष थापाले बताउनुभयो । अस्पतालमा बायोमेट्रिक टेक्निसियनको दरबन्दी नहुँदा डायलासिस मेसिन बिग्रिँदा बनाउन बाहिरबाट मानिस बोलाउनु परेको उहाँको भनाई छ ।
२०७२ मङ्सिर ३ गते स्थापित उक्त डायलासिस केन्द्रमा सुरुमा १ करोड २० लाख रुपियाँको लागतमा डायलासिस उपकरण जडान गरिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…