डायलासिस मेसिन बिग्रिएपछि मृगौलाका बिरामीलाई समस्या
दमौली अस्पतालमा सञ्चालित शत्रुघन–मञ्जु मृगौला डाइलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामीहरू समस्यमा परेका छन् ।
डाइलासिस केन्द्रमा रहेका ११ ओटा डायलासिस मेसिन मध्ये सात ओटा मेसिन बिग्रिएको छ । गत जेठ १७ गते राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका प्राविधिक टोली आएर बिग्रिएका मेसिनको मर्मत सम्भार गरी सञ्चालनमा ल्याएपनि पुनः ति मेसिन बिग्रिदा समस्या भएको हो ।
डायलासिस सेवाका इन्चार्ज शैलेन्द्र पण्डितले ११ ओटामध्ये सात ओटा डायलासिस मेसिन बिग्रिएपछि अहिले चार ओटा मेसिनले मात्रै सेवा दिदै आएको बताउनु भयो । मेसिन बिग्रिएपछि डायलासिस गर्न आउने बिरामीलाई सहज रूपमा सेवा प्रदान गर्न नसकिएको पण्डितले बताउनु भयो ।
उक्त डायलासिस केन्द्रमा ४८ जना मृगौलाका बिरामीले नियमित रूपमा डायलासिस गराउँदै आएकोमा मेसिन बिग्रिएपछि सबैलाई पालो दिन डायलासिसको समय घटाइएको पण्डितले जानकारी दिनु भयो । बिग्रिएको मेसिन बनाउने प्राविधिक काठमाडौंबाट नै आउनु पर्ने भएको हुँदा तत्काल मर्मत गर्न नसकिएको उहाँले बताउनु भयो ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले ११ मध्ये तीन ओटा मेसिन भने नबन्ने किसिमले बिग्रिएर थन्किएको अवस्थामा रहेको र बाँकीको मर्मत गर्न सके सेवा दिन सकिने बताउनु भयो ।
डायलासिस मेसिनका बारेमा गण्डकी प्रदेश सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको उहाँले बताउनु भयो ।
दमौली अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएका व्यास–१ भादगाउँ चिनबहादुर थापाले मेसिन बिग्रिएपछि डायलासिसको समय अवधि पनि घटेको गुनासो गर्नु भयो । मेसिनको अभावमा हाल २५ जना डायलासिसका बिरामीले दिनभर पालो कर्दै बस्नु पर्ने थापाले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…